मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको बिभत्स हत्या, घरभित्र गाडिएको अवस्थामा शव फेला

Ujyalosandeshonline 11009+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

सर्लाही । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ । भुसाहा निवासी तरीमा खातुनलाई परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरबमा रहेका छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्य फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए ।

उनीहरूले मृतकको डेढ वर्षका छोरा मोहम्मद आरिफलाई समेत साथमै लिएर फरार भएको प्रहरीले जनाएको छ । घटनाको मूल कारण अनैतिक सम्बन्धको आरोपसँग जोडिएको अनुमान गरिएको छ । मृतकका बुबा ताज मोहम्मदका अनुसार गत कात्तिक १८ गते माइतीतर्फ आयोजित विवाह समारोहका क्रममा खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग सम्बन्ध राखिरहेकै अवस्थामा फेला परेकी थिइन् । 

दुबै जनाले विवाह गर्ने मौखिक सहमति जनाएपनि परिवारका सदस्यले स्वीकार नगरेपछि विवाद झन् चर्किएको र सोमबार राति सोही विषयलाई लिएर हत्या भएको अनुमान गरिएको छ । मृतकका भाइ शेख आस मोहम्मदले दिदीको हत्या प्रत्यक्ष देखेका छन् । उनका अनुसार परिवारका सदस्यले हत्या गरिरहेको बेला विरोध जनाउँदा ‘हल्ला ग¥यांै भने तिमीलाई पनि मारिदिन्छौं’ भन्दै धम्की दिएपछि उनी त्यहाँबाट भाग्न सफल भएका थिए । भाइले दिदीको हत्या भएको पुष्टि गर्ने तस्वीर माइतीतर्फ पठाएको परिवारजनले बताएका छन् । 

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनास्थलबाट एकवटा चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । प्रहरीले फरार रहेका उनका घरका सदस्यहरुको खोजीकार्य तीव्र रुपमा गरिरहेको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार