मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रुपन्देहीमा गोली प्रहार:
रुपन्देहीमा गोली प्रहार गरि तीन जना लागू औषध कारोबारी पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
२३ चैत्र २०८२, सोमबार

धकधइ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित तीन जना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका-२ खुरहुरियाका बिशाल यादव, भारतको महाराजगंज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, रोहिणी गाउँपालिका-४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोली खटिएको थियो । कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए ।

लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार गर्दा प्रहरी घाईते भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी उनीहरुलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको छ । बाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको चन्दले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार