मुख्य समाचार
तेह्रथुम र पाँचथर जोड्ने निर्माणाधीन लुमुघाट पुल | तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर | तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास |

कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

Ujyalosandeshonline 11479+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

सन्तोषी रावल 

काठमाण्डौ । कर्णाली प्रदेशको खानेपानी समस्या समाधानका लागि संघीय सरकार र प्रदेश सरकारबीच साझेदारीमा आधारित योजना अगाडि बढाइएको छ । सिंहदरबारमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच लागत सहभागितामा आधारित एक सम्झौता सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको विकट र दुर्गम क्षेत्रहरूमा खानेपानीको समस्या गम्भीर रहेको जनाउँदै त्यसको समाधानका लागि पर्याप्त बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए। मन्त्री यादवका अनुसार यो सम्झौता संघीयता अन्तर्गत विभिन्न तहका सरकारहरूबीच समन्वय र सहकार्यको सकारात्मक उदाहरण हो।

सम्झौताका माध्यमबाट संघीय र प्रदेश सरकारबीच पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा सुधार ल्याउने प्रयास हुने बताइएको छ । यसैगरी, कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढाले कर्णालीको पछाडि परेको खानेपानी क्षेत्रले यो आयोजनाबाट नयाँ दिशा पाउने विश्वास व्यक्त गरे ।

सम्झौता अनुसार, कुल १०० मिलियन अमेरिकी डलर (अन्दाजी १३ अर्ब ३८ करोड रुपैयाँ) लागत अनुमान गरिएको छ, जसमा ८० मिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय विकास संस्था (क्ष्म्ब्) को ऋण सहयोग हुनेछ। बाँकी २० मिलियन डलर नेपाल सरकार, प्रदेश सरकार र सहभागी पालिकाहरूले संयुक्त रूपमा खर्च गर्ने व्यवस्था गरिएको छ ।

यस आयोजनामा संस्थागत सुधार, जलवायु अनुकूल पूर्वाधार निर्माण, एकीकृत जलस्रोत व्यवस्थापन, तथा आपत्कालीन अवस्थाको सम्बोधनजस्ता विभिन्न पक्षहरू समावेश छन्। वीरेन्द्रनगर नगरपालिकामा जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित विशेष कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट सहसचिव ई. रमाकान्त दुवाडी र कर्णाली प्रदेश सरकारको तर्फबाट सचिव इन्द्रदेव भट्टले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा विभिन्न नगरपालिका प्रमुख, मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो । यो पहल कर्णाली प्रदेशको दीर्घकालीन खानेपानी समस्या समाधानमा कति प्रभावकारी हुन्छ भन्ने कुरा भने आगामी कार्यान्वयनको गुणस्तर र निरन्तरताले तय गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार