मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’

Ujyalosandeshonline 11474+ समाचार ( )
प्राडा रामचन्द्र गौतम धर्मशास्त्रविद्
३२ श्रावण २०८२, शनिबार

रस्मिता गिरी

श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ ।

कृष्ण को थिए भन्ने विभिन्न आधारहरु छन् । भगवान विष्णुले विभिन्न रुप लिएकामध्ये कृष्ण पनि एक थिए भनिएको छ । विष्णु कहिले माछाको, कहिले कछुवाको, कहिले बराहको, कहिले रामको रुप त कहिले कृष्णको रुप लिएका छन् । उनले बराह रुप लिएर जलमा डुबेको पृथ्वीको उद्धार गरेका छन् ।

भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नरसिंह रुप लिएर हिरण्यकश्यप वध गरेको प्रसंग ग्रन्थहरुमै उल्लेख । रामको अवतार लिएर रावणलाई नाश गरेका थिए । रावणको नाश गर्न र लोकको रक्षा गर्नको लागि रामको अवतार लिएका हुन् । कृष्ण अवतार चाहीं देवकीको गर्भबाट जन्म लिएका उनी कंशलाई नाश गर्नका सक्रिय भएका थिए । कंशले धेरै दुःख दिएको एवम लोकलाई असाध्यै दुःख दिएकाले उनलाई समाप्त गर्नको लागि र लोकको रक्षा गर्नको लागि भगवान कृष्णको उत्पत्ति वा जन्म भएको हो । 

किन मनाउने जन्माष्टमी

कृष्णलाई मनाउने र त्यहि अनुसार लोकको रक्षा गर्ने भएकाले भगवान कृष्णलाई मान्नु परेको हो । उनी एक विष्णुकै अवतार हुन् । उनी आमा–बुबाबाटै जन्मेका हुन् । तर विष्णुकै अवतार भएका हुनाले कृष्णले लोकको रक्षा गरेको, र धेरैलाई उद्धार गरेका छन् । लोकलाई उद्धार गरेका छन् । कृष्णले कंशलाई नाश गरेर धेरै राम्रो काम गरेका छन् । धेरै राम्रो काम गर्नेलाई मान्ने हो । त्यसैले कृष्णलाई मान्नुपरेको हो । कृष्णका भक्तहरु वा प्रणामीहरुले उनलाई मान्छन् । हामीपनि कृष्णलाई विष्णुकै अवतार हो भनि मान्छौँ मान्नैपर्ने हुन्छ ।  

बाँसुरी र मजुरको प्वाँख

कृष्णजीले सँधै बाँसुरी बजाउने गरेको पाइन्छ । बाँसुरी बजाउने, गाना गाउनेले कृष्णलाई त व्यापक मान्छन् नि । मजुरको प्वाँख उनले सँधै शिरमा सजाउँछन् । त्यहि भएर बाँसुरी र मजुरको प्वाँखको चलन आएको हो । कृष्णले बाँसुरी त रातदिन नै बजाउने गरेका हुन् । त्यसै भएकाले पनि चढाउने दान गर्ने इत्यादी गर्नु राम्रो कुरा हो । नराम्रो कुरा होइन ।

पहिला र अहिले भिन्नता 

कृष्ण अष्टमी मनाउने तरिकामा केही फरक आएको छैन् । हाम्रा शास्त्र तीनै हुन्,समय त्यहि नै हो । जुन दिन कृष्ण अष्टमी पर्छ त्यही दिन मनाउने हो । जस्तो जुन दिन जनै पूर्णिमा पर्छ त्यही दिन मनाउने हो । जुन दिन नाग पन्चमी पर्छ त्यही दिन नै मनाउने हो । यि सबै तिथि शास्त्र अनुसार नै परिरहेका हुन्छन् । 

यि पर्वहरु पहिला पनि मनाइन्थ्यो र अहिले पनि मनाइन्छ । झन् अहिले जनसंख्याको वृद्धि भयो । मनाउनेहरुको संख्यापनि बढ्यो । मनाउने तौर तरिका एकै हो । अहिले झन् व्यापक भएको छ । शास्त्र त्यही हो शास्त्रअनुसार नै मनाउने हो । दशैं, तिहार मनाउने दिन पनि तोकिएकै हुन्छ । अक कसरी र किन मनाउने भन्ने बहस भने अलग्गै हो । 

नेपाल छाडेर विदेश गएकाहरुले स्वदेश फर्किएपछि किन मनाउने भन्ने सोच राखेको होलान । विदेशको सिको गरेर नेपालका पर्वहरु नमनाउने भन्ने होला । त्यतातिरको सिको लिएर नयाँ पुस्ताले किन मनाउने भन्ने खालको सोच पलाएको हुनसक्छ । तर भएका  चाडपर्वहरु  जतिपनि छन्, ती सबै परम्परा अनुसार मनाउनपर्छ । यो त हाम्रो लागि हो, हाम्रो नेपालको लागि मात्र नभई भारतको लागि हो । चाडपर्व मनाउने भन्ने अमेरिका बेलायततिर त हुँदैन । त्यसैले यो आर्यर्वत क्षेत्रमा बसोबास गर्नेले जहाँ ऋषिमुनिहरुले हाम्रा शास्त्रहरुमा उल्लेख गरेका छन् । त्यसैले एकै ठाँउमा मनाउने हो, अरु ठाँउमा मनाउने होइन ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार