मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रारा किनारामा प्रदेशस्तरीय कबड्डी प्रतियोगिता हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ वैशाख २०८१, मङ्गलबार

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्ने चर्चित पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । बुधबारदेखि शनिबार (२८) सम्म चल्ले उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ ओटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

छायाँनाथ रारा नगरपालिकामा वडा नम्बर ९ ठूलो ताल  पर्यटकीय गन्तव्य रारामा संचालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७ वटा टोली दर्ता भएको आयोजक सस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष बीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार वैशाख २६ देखि २८ गते सम्म संचालन हुने प्रतियोगिताका लागि ७ वटा महिला १० वटा पुरुष टोलीले सहभागीता जनाउँदैछन् । प्रतियोगिता भोलि राराको किनारमा रहेको ओखर बोटमा शुरु हुनेछ ।

तीन दिनसम्म संन्चालन हुने कबड्डी खेलको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक टोलीका १० जना खेलाडीका दरले कूल १ सय ७० जना कबड्डी खेलाडीहरु सहभागी हुनेछन् भने कबड्डी खेल सञ्चालनका लागि २२ जना रेफ्री छनोट गरिएको मल्लले बताए ।

प्रतियोगिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि समेत खेलाडी छनोट गर्न सहयोग पुग्ने आयोजकको धारणा छ ।

खेलका माध्यमबाट राराको पर्यटन विकासमा टेवा पुर्याउन हेतु स्वर्गकी रानी भनेर चिनिने रारा किनारामा प्रदेश स्तरीय कबड्डी खेल सञ्चालन गर्न लागेको अध्यक्ष मल्लले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार