मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीमा लागुऔषध कारोबारीमाथि प्रहरीको कडा कारबाही, ठूलो परिमाणमा लागुऔषध र नगदसहित तीन पक्राउ

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ भाद्र २०८२, बुधवार

भैरहवा । रुपन्देही जिल्लामा पछिल्ला केही दिनयता भएका छुट्टाछुट्टै प्रहरी कारबाहीमा तीन जना लागुऔषध कारोबारी पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा लागुऔषध, लाखौं रुपैयाँ नगद र विभिन्न सवारीसाधनसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए। जिल्लामा प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको आगमनसँगै लागुऔषध र तस्करी नियन्त्रणमा उल्लेख्य सफलता मिलेको प्रहरीको भनाइ छ।

ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवाबाट २६ वर्षीय ईर्फान अन्सारीलाई पक्राउ गरेको छ। कोटहीमाई गाँउपालिका-५ घर भई हाल मेउडिहवामा डेरा गरी बस्ने अन्सारीको डेराबाट १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।

यसैगरी, इलाका प्रहरी कार्यालय बेलहियाले सिद्धार्थनगर नगरपालिका-१ बन्दरगाहामा नियमित चेकजाँचका क्रममा २६ वर्षीय प्रेमलाल यादवलाई नियन्त्रणमा लिएको छ। उनको साथबाट १ ग्राम ०३ मिलिग्राम ब्राउन सुगर, लु.प्र.०१-००१ प १३५१ नम्बरको मोटरसाइकल, एक थान मोबाइल र एक थान कि-प्याड मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

भारी मात्रामा लागुऔषध, नगद र सवारीसाधनसहित एक पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधईको संयुक्त टोलीले रोहिणी गाउँपालिका-६ ललितपुर पकडिहवाका ३५ वर्षीय ईरसाद प्रवेजलाई ओमसतिया गाउँपालिका-४ पननीबाट पक्राउ गरेको छ। UP 56 AX 8134 नम्बरको मोटरसाइकलमा सवार प्रवेजको मोटरसाइकलको लेगार्डमा लुकाइएको अवस्थामा Diazepam Injection ip 2 ml ९८ एम्पुल, Buprenorphine Injection ip 2 ml ९६ एम्पुल, Promethazine Hydrochloride Injection ip 2 ml ९९ एम्पुल गरी जम्मा २९३ एम्पुल लागुऔषध बरामद भएको छ।

थप खानतलासीका क्रममा प्रवेजको घरको कोठामा रहेको गहुँ राख्ने भकारीमा लुकाएर राखिएको अवैध रकम रु. १० लाख २० हजार, स्पास्मो जस्तो देखिने २६० पिस क्याप्सुल, एक थान मोटरसाइकल र एक थान ओप्पो मोबाइल पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्री जिल्लामा आएपछि तस्करी र लागुऔषध नियन्त्रणलगायतका क्षेत्रमा सकारात्मक प्रभाव परेको र अपराधमा कमी आएको बताइएको छ। एसपी क्षेत्रीले अवैध काम गर्ने जो कोहीलाई पनि कुनै हालतमा नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार