काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
सिंहदरबार स्थित उपत्यका मेयर्स फोरमका पदाधिकारी सँग पूर्व निर्धारित भेटघाटमा रहनु भएका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाए पछि भारी मनका साथ नगरप्रमुखहरुसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बताएका थिए । प्रधानमन्त्री ओलीले १४ दिन पछिअर्काे हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए ।