मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गरिने

Ujyalosandeshonline 11474+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

काठमाडौं । उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले सरकार दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्नेतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०८१ को समारोहलाई सम्बोधन गर्दै उनले सबैको सहकार्यबिना जलस्रोत र मौसम सम्बन्धि चुनौतीको सामना गर्न गा¥हो हुने भन्दै सबैलाई एकिकृत गर्दै दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले भने, ‘सबैको सहकार्यबिना जलस्रोत, मौसम र मौसम सम्बन्धि चुनौतीको सामना गर्न सकिदैँन् । सरकार यस क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्था तथा विज्ञहरुलाई एकिकृत गर्दै दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकुल रणनीतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

यसका साथै, उनले जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्दै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्दै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्छ । जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालले छिमेकी देशहरुसँग मिलेर कार्य गर्न सक्ने थुप्रै अवसरहरु छन् । हामी जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरि नेपालका जलस्रोतहरुको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने छौ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार