मुख्य समाचार
धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै |

डीएभीलाई अन्तर–स्कुल टि–२० क्रिकेटको उपाधि

Ujyalosandeshonline 12440+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

भक्तपुर । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर–स्कुल रनिंग टि–२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ । भक्तपुर स्थित सैनिक आवासीय महाविद्यालयमा सम्पन्न फाइनलमा डीएभि स्कुलले नेपाल पुलिस स्कुललाई ६० रनको ठूलो अन्तरले पराजित गर्दै उपाधि पहिलो पटक आफ्नो पक्षमा पारेको हो । 

डीएभीले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस स्कुलले १७. ५ ओभरमा ९१ रनमा सबै विकेट गुमाउन पुग्यो। उसको लागि सुनिल ठाकुरले सर्वाधिक २० रन बनाए। डीएभीको बलिंगमा प्लेयर अफ द म्याच समेत घोषित शशांक झाले २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै प्रसिद्ध जैसीले २ तथा तनिश कुमार शाहले १ विकेट लिए । 

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको डीएभी स्कुलले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १५१ रन बनाएको थियो। उसको लागि फरहान अन्सारीले सर्वाधिक ३३ रन बनाए भने कमल शाहीले ३२ तथा विकेश कुमार जैसवालले २२ रन योगदान दिए । 

डीएभीले सेमीफाइनलमा अक्षर स्कुललाई तथा नेपाल पुलिस क्लबले केएमसीलाई सेमीफाइनलमा पराजित गरेको थियो । उपाधि सहित डीएभीले एक लाख रुपैयाँ हात पार्यो। उपविजेता नेपाल पुलिस स्कुलले ५० हजार रुपैयाँ हात पार्यो ।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी डीएभीका प्रसिद्ध जैसी घोषित भए । सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको प्रतियोगिता दश दिन सम्म चलेको थियो। प्रतियोगितामा उपत्यकाका कुल १२ वटा टिम सहभागी रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार