मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

महिलाहरुलाई एडभान्स सिलाई कटाई तालीम

Ujyalosandeshonline 12431+ समाचार ( )
३० जेठ २०८१, बुधवार

भैरहवा । सिद्धार्थनगर नगर पालिका ९ नम्बर वडा कार्यालयको आयोजनमा २८ दिने एडभान्स सिलाई कटाई तालीम बुधबार सम्पन्न भएको छ । 

तालीमको समापन गर्दै वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले तालीममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्र तालीमको औचित्य सफल हुने बताए । उनले महिलाहरुलाई स्वरोजगारी मार्फत आत्मनिर्भर बनाउने उद्देश्य सहित तालीमको आयोजना गरिएको बताए । तालीमको उद्देश्य अनुरुप सिकेका सीपलाई व्यवहारमा उतार्दै महिलाहरु आय आर्जनमा उन्मुख हुन उनले आग्रह गरे । 

वडा नम्बर ९ को कार्यालयको आयोजनामा जेठ १ गते देखि सुरु भएको तालीममा २० जना महिलाहरु सहभागी रहेको वडा सचिव अब्दुल रसिद पठानले जानकारी दिए । तालीमलाई प्रभा पौडेलले प्रशिक्षण दिएकी थिईन ।

वडा नम्बर ९ की वडा सदस्य सविता हरिजनको अध्यक्षता वडा अध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा वडा सदस्य युवराज बराल, गोलिगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डे, कठौतिया टोल सुधार समितिका अध्यक्ष चन्द्रो कहार लगायतले बोल्दै सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य बसुन्धरा शर्माले गरेकी थिईन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार