मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना

Ujyalosandeshonline 12431+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

अर्घाखाँची । जिल्लाको वास्तविक आर्थिक अवस्था पहिचान गरी भविष्यका विकास योजना तयार गर्ने उद्देश्यले अर्घाखाँचीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको उक्त कार्यालयले अब जिल्लाभर सञ्चालनमा रहेका उद्योग, व्यापार, सेवा क्षेत्र तथा सम्पूर्ण आर्थिक गतिविधिहरूको तथ्याङ्क संकलन गर्नेछ ।

कार्यालयको औपचारिक उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले गरेका हुन् । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, प्रहरी नायब उपरीक्षक दिवेश जीसी, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र र पत्रकार महासंघका अध्यक्ष गणेश खनाललगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । नवस्थापित कार्यालयको प्रमुखको जिम्मेवारी बाबुराम न्यौपाने र सहायक जनगणना अधिकृतको जिम्मेवारी दिलकुमार केसीले पाएका छन् ।

गणना अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले आगामी चैत ६ गते सन्धिखर्क नगरपालिकाको सभाहलमा वृहत सचेतना गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ । सहायक गणना अधिकृत केसीका अनुसार स्थानीय उद्योगी–व्यवसायी, संघसंस्था र सरोकारवालालाई आर्थिक गणनाको महत्त्वबारे जानकारी गराउन उक्त कार्यक्रम तय गरिएको हो ।

यस आर्थिक गणनाबाट जिल्लामा सञ्चालित उद्योग–व्यवसाय, रोजगारीको अवस्था र लगानीका सम्भावित क्षेत्रको स्पष्ट चित्र बाहिर आउने अपेक्षा गरिएको छ । तथ्याङ्कमा आधारित योजना निर्माणले विकासलाई प्रभावकारी बनाउने हुँदा यसले स्थानीय, प्रदेश र संघीय सरकारलाई आगामी आर्थिक नीति निर्माण तथा विकास कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार