मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

Ujyalosandeshonline 11011+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । बिहीबार महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई विषय बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए । 

‘फेरी आज अर्को खालको समस्या छन् । वियष न शिषय सदन अवरुद्ध, के भयो रे भन्दा कर्मचारी सरुवा भयो कि, कर्मचारी हटाइयो कि निकालियो ?फेरी कस्ता मान्छेले भन्दा हिजो निकालिएका मान्छेलाई त्यहाँ ल्याएर राख्दा विरोध गरिरहेका छन् र अहिले न्यायका कुरा गर्छन् ।’ उनले भने, ‘वर्षौसम्म त्यही निकायमा काम गरेको मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्ने त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई झुठा गाली गरिएको छ ।’

उनले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने स्थितिमा त्यसलाई प्रभावित पार्न सदन अवरुद्ध गरिएकामा चिन्ता व्यक्त गरेका छन् । उनले नचाहिएको विषयलाई आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको पनि बताए  । उनले भने, ‘आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।’

प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडी परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडी पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तज र विकासको यात्रामा अघि बढेको बताए । उनले पञ्चायतकालमा निकै पछाडी परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र आफूले सरकारको नेतृत्व गरेका समयमा ठुला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार