मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा कम्बल वितरण

Ujyalosandeshonline 12430+ समाचार ( )
१४ माघ २०८१, सोमबार

भैरहवा । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ ले कम्बल वितरण गरेको छ । सामुदायिक केन्द्रले वृद्धवृद्धा, असहाय तथा विपन्नहरुलाई कम्बल वितरण गरेको कार्यक्रम संयोजक तथा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेले बताए ।

कम्बल वितरण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै दुर्गा सामुदायिक सेवा केन्द्रले परोपकारी कार्य गरेको बताए । ‘सहयोग गर्न मन ठूलो हुनुपर्छ’डीएसपी कार्कीले भने–‘सबैले सबैलाई सहयोग गर्ने भावना हुँदैन, सहयोगी हात अघि बढाउनु आफैमा महत्वपूर्ण कार्य हो ।’ पछिल्लो समय अनलाइनमार्फत ठगी गर्नेको संख्या बढेकाले सचेत रहन उनले आग्रह गरे । विशेष गरी जाडो मौसममा चोरीका घटना बढ्ने भएकाले सचेत रहन पनि उनले आग्रह गरे । उनले लागूऔषध दुव्यर्सनी तथा ओसारपसारविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।

श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले संस्थाले विगतका वर्षमा पनि कम्बल वितरण गरेको स्मरण गरे । उनले कम्बल वितरण कार्यक्रम गरिएको स्थल (दुर्गा मन्दिर) को धेरै पुरानो इतिहास रहेको उल्लेख गरे । अध्यक्ष गुप्ताले पार्क निर्माण गरी थप व्यवस्थित गर्ने सोचका साथ अघि बढेको बताए । उनले कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा ५६ जनालाई कम्बल वितरण गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए । सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले न्यानो बस्त्र (कम्मल)ले जाडोको मौसममा केही भए पनि राहत हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार