मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ओझेलमा परेको शिवपार्वती सिद्धधामलाई पर्यटकीय स्थल बनाउन निजी क्षेत्रको अग्रसरता

Ujyalosandeshonline 12431+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

परासी । प्राचिन कालदेखि नै ओझेलमा परेको पाल्हीनन्दन-४ लोहरौलीस्थित शिवपार्वती सिद्धधामलाई व्यवस्थित धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न निजी क्षेत्रले अग्रसरता देखाएको छ। उद्योग वाणिज्य संघ, पश्चिम नवलपरासीका अध्यक्ष ओम प्रकाश अग्रहरी नेतृत्वको टोलीले स्थानीयसँग छलफल गरी यसको विकास र प्रवर्द्धनका लागि योजना अघि सारेको हो।

पौराणिक मान्यता अनुसार शिवपत्नी सतीदेवीको अंग पतन भएको र पछि शिव भगवानले पुत्रहरू गणेश र कार्तिकेयलाई सोही स्थान देखाउन प्रकट भएको स्थलका रूपमा यो सिद्धधाम परिचित छ। तर, लामो समयदेखि सरोकारवालाको ध्यान नपुग्दा यो महत्वपूर्ण तिर्थस्थल ओझेलमा परेको थियो।

छलफलमा संघको टोलीले साउन महिनाभरि प्रत्येक सोमबार विशेष धार्मिक कार्यक्रम, जलार्पण, साँझमा आरती गर्ने र साउने मेला सञ्चालन गर्न सुझाव दिएको छ। धाम व्यवस्थापन समिति र स्थानीयहरूले यसमा सकारात्मक प्रतिक्रिया दिँदै छिट्टै कार्ययोजना बनाउने प्रतिबद्धता जनाएका छन्।

यसअघि तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले विकासको योजना अघि सारे पनि उनको सरुवापछि काम रोकिएको थियो, जसलाई अहिले संघले पुनः अगाडि बढाउन खोजेको छ। सदरमुकाम परासीबाट करिब ४ किलोमिटर दक्षिणमा रहेको यो धामलाई पुरातात्विक रूपमा संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउन सबै पक्षको सहयोग आवश्यक रहेको छलफलमा जोड दिइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार