मुख्य समाचार
मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर | गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने | गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन |

अन्तर दलितमा छुवाछुत अन्त्य र एकताका लागि अभियान

Ujyalosandeshonline 11044+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

जनकपुर ।  अन्तर दलितमा छुवाछुतको प्रथा कायम रहेको भन्दै जनकपुरधामका दलित समुदायले दलितका अगुवाहरुसंग छलफल गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ कनकपटी टोलमा आइतबार दलित समुदायले आयोजना गरेको महासभामा अन्तर दलित छुवाछूतको अन्त्य र एकता अभियान विषयमा छलफल गरेको छ । 

कार्यक्रममा बहुजन एकता पार्टी नेपालको केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रञ्जनले दलितमाथि लादिएको विभेदलाई समाप्त गर्नु आजको आवश्यकता रहेको बताए । 

उनले भने, ‘यो समाजको हरेक तहमा राजनीतिक रुपले ,सामाजिक रुपले,आर्थिक रुपले र मानविय हिसावले दलितमाथि विभेद गरिएको छ, जातको हिसावले भेदभावदेखि लिएर मानवियता भावनालाई पनि ठेस पुर्याएको अवस्था छ, दलितका सम्पुर्ण अगुवाहरु एक भएर लागे मात्र यस किसिमका समस्या समाधान गर्न सकिन्छ ।’ 

जातपातकै कारण दलितहरु बढि प्रभावित भएको बताउँदै उनले दलित समुदायमा बैचारिक एकता,राजनीतिक एकतादेखि लिएर उचनिच फैलाउने जात विरुद्ध सबै एक नभएसम्म विभेदलाई समाप्त पार्न नसकिने बताए । उनले भने,‘सरकारले छुवाछुत अन्त्य गरेर मात्रै हुँदैन,यसको लागि समाजलाई इमान्दार बन्नैपर्छ ।’

कार्यक्रममा बहुजन एकता पार्टी नेपालका महासचिव प्रकाश मेहराले विभेदमा परेका समुदाय नै विभाजित हुँदा संविधानमा व्यवस्था गरिएपनि छुवाछुत र भेदभाव अन्त्य हुन नसकेको बताए । 

मुलुक अहिले वैज्ञानिक युगमा पुगिसेके पनि समाजका केहि उच्च भनाउँदाहरुको मानसिक दरिद्रताका कारण दलित समुदायमाथि अहिले पनि हत्याहिंसा देखि लिएर कुटपिट र भेदभाव कायम रहेको उनले बताए । 

उनले भने,‘यो देशमा कुकुरको पूजा हुन्छ, तर मानव मानवबिच विभेद हुन्छ, कतिको संक्रिण विचार कायम छ, यसबाट अनुमान लगाउन सकिन्छ, मुलुकमा ६० देखि १७ लाख दलित समुदायको जनसंख्या छ तर राज्यको कुनै पनि निकायमा दलितको मजवुत पहुँच छैन ।’ अन्तर दलितमा भईरहेको छुवाछुत अन्त्यका लागि जनचेतना फैलाउने कार्यलाई व्यापकता दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

त्यसैगरि दलित अधिकारकर्मी सुवोध पासवानले दलितहरुमा आफंैमा रहेको छुवाछुत अन्त गर्नु आवश्यक रहेको बताए । सरकारले छुवाछुत अन्त गरेको १७ वर्ष भइसक्दा पनि अहिलेसम्म कार्यन्वयनमा कमजोरी देखिनुको मुख्य कारण दलित समुदायमा एक नरहनु बताउँदै उनले दलित समुदायमा जनचेतनाको कार्यलाई बढावा दिनुपर्ने र एकताका लागि पहल गर्नु नै एकमात्र विकल्प रहेको बताए ।

दलित समुदायको आपसमै कायम रहेको छुवाछुतको अन्त्य र बैचारिकरुपमा एकता अभियान चलाउने मुख्य उदेश्यका साथ दलित अगुवाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कनकपटी टोलबाट महासभा अभियानको सुरुवात गरेको छ । कार्यक्रममा वडा नं १७ अन्तरगतका विभिन्न टोलका दलित समुदाय र दलित अगुवाहरुको सहभागीता रहेको दलित अधिकारकर्मी सुवोध पासवानले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार