मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

पोखरामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुदैँ

Ujyalosandeshonline 11467+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

पोखरा । पोखरामा विष्णु पादुका क्लबको आयोजनामा १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले महोत्सव २०८१ चैत्र २४ गतेदेखि २०८२ वैशाख ३ गतेसम्म आयोजना हुन लागेको जानकारी गराएको हो ।

महोत्सवको लक्ष्य हेमजालाई समग्र रुपमा आर्थिक तथा सामाजिक उत्पादनका लागि कृषि, पर्यटन, सांस्कृतिक, व्यापार, खेलकुद, धार्मिक तथा अन्य क्षेत्रको रुपमा विकास गर्दै कृषि क्षेत्रको रुपमा परिचित गराउने, हेमजालाई देश विदेशमा परिचित गराई हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पुयाउने, सामाजिक एकताका साथै यहाँका कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउने र आधुनिक कृषि व्यवसायबाट यस क्षेत्रलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु रहेको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ’, ‘आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन गइरहेको हो । हेमजामा आलु, काउली, गोलभेंडा, च्याऊ, धान, बन्दा साथै अन्य कृषिजन्य उत्पादनहरु पाइन्छन् भने यिनै विविध कृषि उत्पादनको प्रवद्र्धन तथा कृषि पर्यटनको प्रचारप्रसारको लागि हेमजा आलु महोत्सव सञ्चालन हुन गईरहेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार