मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विदेश र स्थानीय तहबाटै मतदाता नामावली संकलन चाँडै : प्रमुख आयुक्त

Ujyalosandeshonline 11005+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधि अघि बढाइएको बताएका छन् । स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर दैलोसम्म नै निर्वाचन तथा मतदाता शिक्षालाई सघन र प्रभावकारी बनाउन आयोग अग्रसर रहेको उनको भनाइ छ ।

‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता’ भन्ने मूलनाराका साथ आठौं निर्वाचन दिवसका अवसरमा सोमबार एक सन्देश सार्वजनिक गर्दै थपलियाले विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचनहरू स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी हुँदै आएको पनि बताएका छन् ।

आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधारको पहल, निर्वाचनका कृयाकलापमा नागरिकको पहुँच अभिवृद्धि, राजनीतिक दलको दर्ता र नियमनमा सुधार, निर्वाचन व्यवस्थापन एवम् नागरिक शिक्षामा समन्वय र सहकार्य तथा निर्वाचन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन यस अवधिका देखिने र अनुभूत गर्न सकिने उपलब्धि भएको पनि प्रमुख आयुक्त थपलियाको भनाई छ ।

संविधानमा उल्लेख भएको समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयन एवम् समावेशी भित्रको समावेशीता र लैङ्गिक सवालको सम्वोधन गर्ने गराउने पक्षमा आयोग क्रियाशील र राजनीतिक दलको आन्तरिक लोकतन्त्र तथा संस्थागत सुशासनको सुचक्र स्थापित हुनुपर्ने कुरामा जोड दिदै आएको उनले संदेशमा उल्लेख गरेका छन् ।

निर्वाचनमा विद्युतीय मतदानको प्रयोग, निर्वाचन आचारसंहिताको व्यावहारिकता र भरपर्दो निगरानी प्रणालीको संस्थागत विकास, राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रको सुदृढीकरण, नियमन र पारदर्शिता आयोगको उच्च प्राथमिकतामा रहेको पनि थपलियाले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार