मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कर्णाली राजमार्ग बाढीले क्षतिग्रस्त,यातायात अवरुद्ध

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

मुगु । निरन्तरको बर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । साविक कर्णालीको जुम्ला,कालिकोट,मुगु जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको हो ।

बुधबार रातीदेखि भएको अविरल वर्षापछि गगने खोलामा आएको बाढीले सडक र दही खोलामा आएको बाढीले पूलनै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

गगने,एस मोड,दैखोला र मेहर खोलामा आएको बाढीले राजमार्ग अबरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए ।

उनका अनुसार तीन ठाउँमा ठुलो पहिरोसहित हुल्म,जिते, जितेगडा,सेरिघाट लगायतका स्थान ससाना पहिरो आएको पनि उनले जानकारी दिए । सडक खुल्न तीन दिन लाग्ने जनाइएको छ ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्र दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ । विशेषगरी शुभकालिका गाउँपालिका जानका लागि निर्माण गरिएको ग्रामीण सडक पनि अवरुद्ध छ । गगने खोला क्षेत्रमा सडक नै भिरालो भएको छ । 

डिभिजनबाट मेसिनसहित पहिरो पन्छाउन जनशक्ति परिचालन भइरहेका छन् । तर साना ठुला गरी दर्जन बढी गाउँमा पहिरो आएकाले सडक खुल्न तीनदेखि चारदिन लाग्नेसडक डिभिजन अनुमान गरेको छ ।

दैखोलामा पुलनै बगाउँदा खोलामा एक मालबहाक ट्रक समेत फसेको छ । गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन् । स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन् ।

२ सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । हालसम्म चार दर्जन भन्दा बढी पहिरो गएपनि यस बर्ष हाल सम्मकै ठुलो पहिरो गगने खोला आएको हो ।(दानबहादुर बुढा, नेपाल न्यूज बैंक)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार