मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्र भइरहेको बताएका छन् । नेकपा एमाले वीरगञ्ज महानगरपालिका नगर कमिटी को दोस्रो अधिवेशन उद्घाटन गर्दै  उनले राजावादीको नाममा काठमाडौंमा चैत १५ गते गराइएको घटना ले मुलुकलाई अस्थिरताको बाटोतर्फ लैजान खोजिएको र त्यसका लागि अनेक खालका षडयन्त्रहरु भइरहेको बताएका हुन् ।

नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल मिलेर सत्ता सञ्चालन गरिरहेको बताए । यो सरकारले मुलुकलाई स्थिरताको कोर्षमा लगेको उनको भनाइ छ । मुलुकलाई अस्थिरतामा लैजान जति नै प्रयास गरे पनि त्यो सफल हुन नदिइने विश्वास उनले व्यक्त गरे ।

नेकपा एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने चर्चा गर्नुहुँदै उहाँले आगामी निर्वाचनमा बहुमत ल्याएर एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबीसमेत गरे । 

‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढङ्गले उठाउन सकिँदैन,’उनले भने । देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्ने उनको भनाइ छ । अहिलेको राजनीतिक समीकरण मिशन ०८४ लाई सहयोग पुग्ने सकारात्मक स्टेपमात्र भएको भन्दै  उनले एमाले कुनै मोर्चाको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार