मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एमाले रुपन्देहीको अध्यक्षमा गैरे निर्वाचित

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

भैरहवा । नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका खेम लुईँटेलले उम्मेदवारी फिर्ता लिएसँगै गैरे सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्र बहादुर कार्की, उपसचिव (महिला) मा सुनिता ठठेर र उपसचिव (खुल्ला) मा बाबुराम पन्थी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत धर्म बहादुर खड्काले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित भएपछि गैरेले संगठन सुदृढीकरणमा जोड दिने, कार्यकर्ताको मन मिलाएर एकीकृत भावनाका साथ अगाडी बढ्ने, मिसन ८४ मा रुपन्देहीमा एमालेलाई नम्बर वान पार्टी बनाउने, कार्यकर्ताहरुलाई योग्यता क्षमताअनुसार जिम्मेवारी दिने प्रतिवद्धता जनाएका छन् ।

को हुन् अध्यक्षमा निर्वाचित गैरे ?

वि.स. २०३० सालमा गुल्मीको तत्कालिन रुपाकोट हाल चन्द्रकोट गाउँपालिका- ७ मा छबिलाल गैरे र जमुना गैरेको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका यज्ञ गैरे २०४८ सालमा रुपन्देही झरेका हुन् । ०४३ सालमा अनेरास्ववियु एकता पाँचौको सदस्यता लिएका उनले अनेरास्वयिुको केन्द्रिय सदस्य भइ २०५५ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू सभापति भइ स्ववियू काउन्सीलको केन्द्रिय कोषाध्यक्ष भइ विद्यार्थी फाटमा काम गरेका थिए । 

०४८ सालमा एमालेको पार्टीको संगठित सदस्यता लिएका गैरे पार्टीको क्षेत्रीय कमिटी, जिल्ला कमिटी सदस्य हुदैँ नवौं अधिवेशनमा रुपन्देही जिल्ला सचिवको जिम्मेवारी बहन गरेका थिए । हाल उनले पार्टीको १० औ जिल्ला अधिवेशनबाट रुपन्देही अध्यक्षमा सर्वसम्मत भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गैरे यस अघि छत्तिस मौजा सामुदायिक सिंचाई प्रणालीको अध्यक्ष, सोह्र छत्तिस संयुक्त सिंचाई प्रणालीको सभापति, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघको केन्द्रिय उपाध्यक्ष, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षको समेत सफलतापूर्वक नेतृत्व सम्हालिसकेका छन् ।

किसान आन्दोलनमार्फत समाज रुपान्तरणमा जोडिएका गैरे निर्वाहमुखी कृषिको व्यवसायीकरणको लागि राजनीतिक र सामाजिक क्षेत्रमार्फत अग्रसर रहेका छन् । तिलोत्तमा नगरपालिका- ८ मा स्थायी बसोबास गर्दै आएका गैरेले १४७ नयाँ जिल्ला कमिटीको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार