मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

Ujyalosandeshonline 11474+ समाचार ( )
५ जेठ २०८२, आइतबार

रामेछाप । गएको भदौ र असोज महिनामा तामाकोशी नदीमा आएको बाढीले निक्कै क्षति पु¥यायो । बस्ती नजिकै तामाकोशी नदी पसेर कटान ग¥यो । फेरी त्यस्तै बाढी नदीमा आयो भने बस्ती जोखिममा पर्ने अवस्था सिर्जना भयो । नदीले बस्तीमा नै क्षति पु¥याउने अवस्था सिर्जना भएपछि  मन्थली नगरपालिका–८ गाईखुराका माझी समुदायको बैठक बस्यो । 

बस्ती जोगाउन के गर्ने ? समूहमा लामै छलफल भयो । ग्याभिनवाल लगाउन पाए गाउँ जोगिन्थ्यो भन्ने निष्कर्ष निस्कियो । ‘ग्याभिन वाल लगाउन जाली खोजियो, विपद् व्यवस्थापन समिति रामेछाप मार्फत पाँच लाख रुपैँया आयो । करिब १५ मिटर जाली भर्ने, खेल मैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काम गर्दा सो पैसा सकियो । पूरै गाउँ संरक्षण गर्नेगरी तारजाली पाइएन, पुगेन’, स्थानीय बालकृष्ण माझीले भने । 

ल्याएको तारजाली स्थानीयले भरे । तर तारजालीको पर्खाल अपुरो भयो । ‘अब के गर्ने ? बुढापाकाहरूले फुको गाह्रो लगाउने उपाय निकाले, पहिला पहिला पनि चौडा खालका फुको पर्खाल लगाउने चलन थियो । त्यस्ता फुको पर्खालले नदी कटान जोगाउन निक्कै सहयोग गरेका थिए । हाम्रो गाउँमा पनि पुरानो फुको गाह्रो थियो । त्यसैले फुको गाह्रो लगाउने निष्कर्षमा पुगेका हौँ’, बालकृष्णले भने । 

त्यसपछि गाइखुराका माझीहरू घरलौरी श्रमदानमा निस्किए । श्रम गर्नेहरूको लागि घरमा नै स्थानीय मुन (जाँड) तयार भयो । तिहारमा देउसी खेलेर जम्मा गरेको रकमबाट खाजाको बन्दोबस्त गरियो । 

बिहान ५ बजेदेखि नदीका ढुङ्गा नतात्दासम्म श्रमदान गर्न गाउँलेहरू जुटे । के महिला, के पुरुष सबै सराबरी खटे । लगातार एक हप्ता ४० देखि ५० जनासम्मले श्रमदान गरे । श्रमदान गरेरै स्थानीयले लामो सुक्खा पर्खाल लगाएका छन् । सो पर्खालले गाइखुराको ८५ घरधुरीलाई जोगाउने स्थानीयको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार