मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

कांग्रेसले देशव्यापी आन्दोलन गर्ने

Ujyalosandeshonline 11005+ समाचार ( )
९ जेठ २०८१, बुधवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै सडक आन्दोलन गर्ने निणर्य गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रीत संघर्ष गर्ने र सहकारी ठगीबाट बढी प्रभावित जिल्लामा आन्दोलन गर्दै जाने निणर्य गरेको पार्टीका कन्द्रीय सदस्य नैंनसिंह महरले जानकारी दिए ।

उनले भने,‘शुक्रबार कांग्रेसको नेतृत्वमा काठमाडौं केन्द्रीत संघर्ष गर्ने र जुन जुन जिल्लामा सहकारी पीडितहरुको सङख्या बढि छ त्यो जिल्लामा हामीले अनुसन्धान गर्ने र त्यसैअनुसार संघर्षको काम गर्ने छौं ।’

उनले कांग्रेसको नेतृत्वको पदाधिकारीहरूले जसरी ड्राइभ गरेका छन् त्यसले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन नसकेको टिप्पणी गरे । जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा झन दिनदिनै नाजुक अवस्थामा गइरहेको उनको भनाई छ ।

उनले भने, ‘केपी ओलीको सरकारले संसद विघटन गरेको बेलादेखि नै कांग्रेसको नेतृत्वको आजको बेला पाँच छजना पदाधिकारीहरूले नेतृत्व गर्नुभएको छ । उहाँहरुको ड्राइभले कांग्रेसलाई ठीक ठाउँमा पुर्याउन सकेको छैन । यसका विषयमा समीक्षा हुनुपर्छ । जुन गतिमा कांग्रेसले उपलब्धि हासिल गर्नुपर्ने हो त्यो भन्दा दिन दिनै नाजुक र गलत अवस्थामा लैजाने कुरा राम्रो हुँदैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार