मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

१७ औं घुम्ती बैठक सम्पन्न :
किसान सेवा कार्डलाई सबै पालिकामा कार्यान्वन गर्ने निर्णय

Ujyalosandeshonline 12431+ समाचार ( )
११ भाद्र २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीका १६ वटै स्थानिय तहहरुको संयुक्त घुम्ती बैठक ओमसतिया गाउँपालिकामा सम्पन्न भएको छ । १७ औं संयुक्त घुम्ती बैठकले किसान सेवा कार्डलाई अनिवार्य रुपमा सबै पालिकामा कार्यान्यन गर्ने निर्णय गरेको छ । 

बैठक पछि भएको निर्णयबारे जानकारी गराउदै जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले जिल्लाका सबै किसानलाहरुले पाउने सुविधालाई एकरुपता कायम गर्न किसान कार्डलाई कार्यान्वयन गर्ने निर्णय भएको बताए । उनले यस अघि निर्णय भए पनि केही पालिकाले मात्र यसलाई सफल रुपमा कार्यान्वयन गरेको कारण अबको दिनमा यसलाई सबै पालिकामा लागु गर्ने निर्णय भएको जानकारी दिए । किसान कार्डमा किसानको व्यक्तिगत विवरणको साथै उसले पाउने सुविधाहरु पनि उल्लेख गरिने र यसैको आधारमा अनुदानका कार्यक्रमहरु पनि लागु गरिने उनले बताए । 

यस्तै बैठकले गत वर्ष निर्णय गरेको योजनाहरुको उपभोक्ता समिति गठन, उपभोक्ता समितिलाई प्रशिक्षण देखि योजना कार्यान्वयनको चरणहरुको सबकै प्रक्रिया बैशाख महिना भित्रै पुरा गर्ने कार्ययोजना यस वर्षको लागि पनि गर्ने निर्णय गरेको छ । जस अनुसार असोज मसान्त सम्म उपभोक्ता समिति गठन गर्ने, कार्तिकमा समितिलाई प्रशिक्षण र मंसिरमा योजनाहरुको लागत अनुमान गर्ने तथा लागत अनुमान बनाउदा नेपालीमा बनाउनु पर्ने गरि कार्ययोजना बनाएको चपाईले बताए । यस्तै माघको मसान्त भित्र सबै योजनाहरुको सम्झौता गरि सक्नु पर्ने र फागुन देखि बैशाखको १५ गते भित्र काम सम्पन्न गरि बैशाख मसान्त भित्र भुक्तानी लिई सक्नुपर्ने व्यवस्था गरिएको उनले बताए । 

जिल्ला समन्वय समितिको अगुवाईमा रुपन्देहीमा प्रत्येक महिनाको १० गते घुम्ती बैठकको आयोजना हुने गरेको छ । रुपन्देहीका जनप्रतिनिधिहरुका साझा एजेण्डा बुझ्न तथा प्रत्येक पालिकामा असल प्रयास र त्यहाका राम्रा कामका अनुशरण गर्ने गरि घुम्ती बैठकको आयोजना गर्ने गरिएको छ । यस्तो प्रकारको घम्ती बैठक नेपालमै पहिलो पटक रुपन्देहीमा गरिएको जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईले दावी गरे । 

ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक विदाको दिन पास लिएर मात्र सरकारी गाडी चलाउन आग्रह गरे । उनले केही समूहहरुले अवाञ्छित क्रियाकलाप गरि सरकारी गाडीहरुलाई अवरोध गरिरहेकोले उनिहरुको खोजी भई रहे पनि पालिका प्रमुख र उप–प्रमुखहरुलाई सरकारी गाडी पास नभई नगुडाउन आग्रह गरे । 

यस्तै जिल्ला प्रशासन कार्यालयले दिने सेवा सुविधाको बारेमा आ–आफ्ना पालिकामा जानकारी गराईदिन उनले आग्रह गरेका थिए । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । आगामी बैठक रोहिणी गाउँपालिकामा बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार