मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

इन्टरनेट सेवा मर्मत शुल्कमा रोयल्टी नलाग्ने आइस्पान दाबी

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

काठमाडौं । इन्टरनेटको मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क (आरटीडीएफ) नलाग्ने नेपालको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले दाबी गरेको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघले  इन्टरनेट सेवा शुल्कमा दूरसञ्चार नियमावली २०५४ को दफा २६ मा इन्टरनेट सेवा शुल्कमा दूरसंचार नियमावली २०५४ को नियम २६ बमोजिम रोयल्टी बझाउनु पर्ने भए पनि मर्मत सम्भार शुल्कमा भने कुनै कर नलाग्ने भए पनि अफबाह फैलाइएको दाबी गरेको छ । 

सस्तो इन्टरनेट प्रदायक देशहरुको सूचीमा नेपाल आठौं स्थानमा रहेको उल्लेख गर्दै आइस्पानले इन्टरनेटकै कारण बैंकिङ, स्वास्थ्य, शिक्षा, लगायतका क्षेत्रलाई चलायमान राख्न सम्भव भएको समेत जनाएको छ । 

यद्यपि अन्तर्राष्ट्रिय ट्रंक टेलिफोनका सन्दर्भमा राज्यले अति आवश्यक इन्टरनेट सेवाको संवेदनशीलता नबुझ्दा डिजिटल नेपाल अभियानका लागि राज्यको भूमिका बारे प्रश्न उठेको संघको भनाइ छ । 

‘मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम लगाउनका लागि नेपाल सरकारले दूरसञ्चार ऐन २०५३ को दफा २ (घ) तथा दूरसञ्चार नियमावली २०५४ को अनुसुची ६ (क) मा संशोधन गरी मर्मत सम्भारलाई समेत दूरसञ्चार सेवामा सूचीकृत गरेर मात्र मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम लगाउन सक्दछ,’ आइस्पानका अध्यक्ष सुधीर पराजुलीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक लेखा समिति को २० औं, २१ औं र २२ औं प्रतिवेदनहरुमा संघीय ससंदबाट पारित प्रतिवेदनहरुमा समेत मर्मत सम्भार शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष मर्मत रकम गैरदूरसञ्चार सेवा भएकाले नलाग्ने निर्णय गरेको हुनाले महालेखा परीक्षकको कार्यालयले समेत लगत कट्टा गरिसकेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार