मुख्य समाचार
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए | बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा | हुम्लाको बौल्यानामा खानेपानी समस्या | शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा | बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड |

१३ करोडको लागत लिफ्टसहितको प्रशासकीय भवन निर्माण धमाधम

Ujyalosandeshonline 11477+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

रौतहट । रौतहटको माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रशासकीय भवन निर्माणको काम गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

माधवनारायण नगरपालिका–६ माधोपुर बजार भन्दा दक्षिण अस्पतालको नजिक नगरपालिकाको प्रशासनिक भवनको स्थलगत निरीक्षण गर्दै उनले सो निर्देशन दिएका हुन् ।

प्रशासकीय भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेकोमा खुसी व्यतm गर्दै उनले निर्माणका काममा कुनै प्रकारको कमसल सामग्री प्रयोग नगर्न आग्रह गरे ।

यद्यपी, गुणस्तरहीन काम गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत उनले दिए । पालिकाको १३ करोडको लागतमा उक्त भवन निर्माण भइरहेको मेयर यादवले बताए ।

साढे दुई वर्षभित्रमा भवनको निर्माण कार्य सकिने लक्ष्य राखिएको उनले जानकारी दिए । उनका अनुसार कम्पाउण्डवाल सहित कुल २५ वटा भन्दा बढी कोठा भएको अत्याधुनिक डिजाइनको साढे तीन तलाको सुविधायुतm प्रशासकीय भवन निर्माण हुनेछ ।

लिफ्टसहितको प्रशासकीय भवन निर्माण गर्ने जिल्लामा माधवनारायण नगरपालिका पहिलो पालिका हुनेछन् । जिल्लाको अहिलेसम्म कुनै पनि पालिकाको प्रशासकीय भवनमा लिफ्टको सुविधा छैन ।

२०७४ सालमा स्थानीय तहको स्थापना भएदेखि नै माधवनारायण नगरपालिका कार्यालयको आफ्नो भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको छ । तर नगर प्रमुख यादवले निःशुल्क जग्गा उपलब्ध गरापछि अहिले माधवनारायण नगरपालिकाको प्रशासकीय भवन निर्माण भइरहेको छ ।

भवनमा मेयर र उपमेयरको अलग÷लग कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, सभाहल, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलग÷अलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय आदि निर्माण हुनेछन् । 

भवनमा अपांग, अशक्त, बिरामी र वृद्धवृद्धालाई तलबाट माथि र माथिबाट तल ओहोर दोहोर गर्न सहज होस भन्ने उद्देश्यले लिफ्टको समेत व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार