मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

‘गणतन्त्रात्मक संविधानले सबै समुदाय र संस्कृतिलाई जोड्ने काम गरेको छ’

Ujyalosandeshonline 11009+ समाचार ( )
२१ माघ २०८१, सोमबार

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबैलाई जोड्ने काम गरेको बताएका छन् । 

सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को अवसरमा शुभकामना सन्देश दिदैँ उनले भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको भन्दै सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको बताए । 

सन्देशमा भनिएको छ, ‘हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । भूगोल, क्षेत्र, वर्ग र समुदाय अनुसार चाडपर्वहरुमा विविधता रहेको पाइन्छ । हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुगेको छ ।

आपसी द्वन्द्व, द्वेष, राग, वैमनस्यता र उच्छृंखलता बिर्सेर परस्पर खुशी साटासाट गर्न वसन्त पञ्चमीले सबैलाई उत्प्रेरित गर्दै शिक्षा र ज्ञानको सत्यमार्गमा लम्किन सबैलाई हौशला प्राप्त होस् ।’ उनले पछिल्लो समय कृषिमा आधुनिकीकरणका कारण संस्कृति लोपोन्मुख भएको भन्दै  यसको जगेर्ना जरुरी रहेको पनि बताए । 

सन्देमा जारी, ‘वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ । श्रीपञ्चमीका रुपमा समेत मनाइने यो पर्व किसानसंग पनि जोडिएको छ । मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ । यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ । पछिल्लो समय कृषिमा आधुनिकीकरणका कारण यो संस्कृति लोपोन्मुख छ, यसको जगेर्ना जरुरी छ ।

कृषि क्षेत्र हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो, यो पर्वले हामीलाई कृषि र कृषिकर्ममा लाग्नेहरुप्रति सम्मान प्रकट गर्न प्रेरित गर्दछ ।’उनले सरस्वतीको प्रतिमाहरु स्थापना भएका स्थानमा भजन–कीर्तन, वसन्त श्रवण र होली–गीतहरुले मौलिक परम्परा र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार