मुख्य समाचार
रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन |

सहकारीको ७ करोड ४० लाख बचत रकम हिनामिना गर्ने सञ्चालक पक्राउ

Ujyalosandeshonline 12445+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । काठमाडौंमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड ४० लाख ८७ हजार ८ सय ६० रूपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको अभियोगमा ३ जना संचालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार ७ दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।  

पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ६६ वर्षीय बाशुदेव मान जोशी, संस्थाका सचिव वडा नं. २५ केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र संस्थाका सदस्य वडा नं. २६ नरदेवी बस्ने ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन् । उक्त बचत रकम अपचलन तथा हिनामिना गरेको सम्बन्धमा काठमाडौं महानगरपालिका सहकारी विभागको पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । 

उनीहरूलाई सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार