मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुनः सुरु

Ujyalosandeshonline 11011+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

काठमाडौं । रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।

केही दिनयता रामेछाप–लुक्ला रुटमा दैनिक ५० देखि ६० वटा उडान भइरहेकाले रामेछाप–काठमाडौं उडान स्थगित भएको थियो। असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण विपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूको सहजताका लागि हवाई उडान पुनः सुरु गरिएको हो ।

मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी करिब १२५ किलोमिटर छ भने चरिकोट हुँदै दोललघाट निस्किएर काठमाडौं पुग्दा करिब २०० किलोमिटर दूरी पर्छ । नागरिक उड्डयन कार्यालय रामेछापका अनुसार अबदेखि प्रत्येक बुधबार समिट एयर, शुक्रबार सिता एयर र शनिबार तारा एयरले रामेछाप–काठमाडौं–रामेछाप रुटमा नियमित उडान सञ्चालन गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार