मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित

Ujyalosandeshonline 11467+ समाचार ( )
१५ मंगशिर २०८०, शुक्रबार

नवलपरासी । जिल्लाको सुनवल नगरपालिका स्थित लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित बनेका छन् । चिनी मिलको बढदो प्रदुषणले स्थानियको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसंग माग गर्दै सुनवलबासी आन्दोलित बनेका हुन् ।

सुनवलका स्थानिय जनताले लुम्बिनी चिनी उद्योग प्रदुषण नियन्त्रण संघर्ष समिति गठन गरि पत्रकार सम्मेलन मार्फत उक्त मागबारे जानकारी दिएका हुन् । वि.स. २०४६ सालमा तत्कालिन श्री ५ सरकार र चिन सरकार बिच भएको सम्झौता अनुसार जिल्लाको सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । सो समयदेखि संचालनमा रहेको चिनी मिल २०६२ सालमा निजिकरण भएदेखि झनै प्रदुषणको अवस्था बढदै गयो ।

चिनी मिल संचालकले मिलको प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुँवा, खरानीले बजार प्रदुषित बनेको छ भने डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पारीरहेको संघर्ष समितीका उप संयोजक टेक प्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

चिनी मिलले विगत बर्षदेखि नै मिलबाट प्रदुषण न्युनिकरणका लागि विभिन्न सहमति सम्झौता गरे पनि हालसम्म कार्यान्वय गरेको छैन । मिल संचालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर दुषित पानी न्युनिकरणका लागि कुनै उपाय नअपनाउदा हामी सुनवलबासी त्यसको प्रत्यक्ष मारमा परिहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए ।

विगतका सम्झौता उद्योग ब्यवस्थापनले पुरा गर्नु पर्छ, उनले भने, मिलले प्रदुषण न्युनिकरण नगरि मिल चलाए चलाउन नदिने भन्दै, आगामी दिनमा थप दबाब दिन विभिन्न दबाबमुलक कार्यहरु गर्ने चेतावनी दिए । ८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरि ३ वटा कारखाना संचालनमा छ ।

मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरुमा बस्ने र सुखाउने कपडामा टाँसिएर फोहोर हुनुका साथै स्वास लिन समेत अप्ठयारो बनाएको छ भने उता डिस्टिलरीबाट निस्किने प्रदुषित पानी सिधै खोलामा मिसाउदा बजारनै दुर्गन्धित हुदै खोलाको चलचरण समते नष्ट हुने गरेको संघर्ष समितिको आरोप छ ।

चिनीमिलबाट पालिकाको वडा १,३,४ र ६ प्रत्यक्ष मारमा छ भने यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेका छन् । सो आन्दोलनमा पुर्व मेयर भरत थापाले समेत ऐक्यवद्धता जनाएका छन् ।

आन्दोलनकारीको माग जायज भएको उक्त पत्रकार सम्मेलनमा उपस्थित लुम्बिनी प्रदेश साँसद खड्क बहादुर बस्नेतले उद्योग ब्यवस्थापनले स्थानियबासीको मागलाई ध्यानमा राखेर प्रदुषण न्युनिकरणका कार्य थाल्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार