मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


नर्सरी व्यवसायको प्रवद्र्धनका लागि हर्टिकल्चर एक्स्पो हुने

Ujyalosandeshonline 11474+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । नर्सरी व्यवसायी संघले नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै यस वर्षदेखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायिक उत्पादनहरुको वृहत प्रदर्शनीको रुपमा प्रथम एक्स्पो यही चैत्र १६ गतेदेखि १९ गते सम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना गर्न गइरहेको मेला संयोजक रामजी कुँवरले जानकारी गराए ।

उनले मेलाले अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायीहरुलाई एकपटक उत्साहित गर्ने विश्वास लिएको बताए ।

उनले नर्सरी व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि मेला बृहत साझा मञ्च हुने भन्दै मेलामा कम्तीमा ५० हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेको पनि जानकारी दिए ।

मेलामा संभव भएसम्म देशभरीबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको सातसय भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ ।

मेलामा ७४ वटा व्यवसायीक स्टल, चारवटा फुड स्टल, सातवटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको पाँच वटा स्टल समेत जम्मा ९० वटा स्टल रहने छ ।

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति एकसय रुपैंयाँ र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैंयाँको व्यवस्था गरिएको छ ।

संस्थाले व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गर्ने व्यवस्था पनि गरिएको छ ।

प्रतिस्पर्धाको मूल्यांकन कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा तीन सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको छ ।

एक्स्पोको अवसरमा लामो समयदेखि निरन्तर नर्सरी व्यवसायको विकासमा टेवा पुर्याउने पुराना व्यवसायीहरु मध्यबाट एक जनालाई ‘दिर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिनुको साथै नर्सरीसँग सम्बन्धित वस्तु स्वदेशमै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट एक जनालाई ‘वर्षको विशेष उत्पादनमुखी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने छ ।

नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा हुन गइरहेको प्रथम नेशनल हर्टिकल्चर एक्स्पी–२०८० को प्रवर्धक संस्थाहरु पुष्प विकास केन्द्र, वनस्पती विभाग, प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवसाय केन्द्र, कृषि तथा पशुपक्षी विकास मन्त्रालय रहेको छ भने विशेष सहयोगी संस्था नेपाल टेलिकम, एजीए एग्रो, कुमारी फ्लोरा फार्म, सुजना एग्रीकल्वर प्रालि रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार