मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


यार्साको सिजनः के रामायणका लक्ष्मणलाई यार्साले नै बचाएको थियो ?

Ujyalosandeshonline 11005+ समाचार ( )
१९ जेठ २०८१, शनिबार

काठमाडौं । यो सिजनको यार्सागुम्बा टिप्न गएका तीनजनाले ज्यान गुमाएका छन् । दुइजनाको लेक लागेर र एकजना भीरबाट लडेर मृत्यु भएको मृत्यु भएको छ । लेक लागेर सिकिस्त एकजनाको उपचार भैरहेको स्थानीय प्रशासनले जनाएको छ । 

तीन वर्षअघि यसैगरी यार्सा टिप्न गएका १० जनाले  ज्यान गुमाएका थिए । तीमध्ये ७ जनाको लेक लागेर, २ जनाको लडेर र एक जना बच्चाको चिसोले कठाङ्ग्रिएर ज्यान गएको थियो ।

यो वर्ष पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिएका छन् ।

सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचार गर्न लगिएको छ । यार्सा टिप्न पाटन पुगेका तीन जनाको गत वर्ष हिउँ पहिरोमा परेर मृत्यु भएको थियो ।

मुगुका  २४ भन्दाबढी  क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगु मकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते  प्रवेश खुला  गरेको हो । जाजरकोट, रुकुम, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाबाट यार्सा टिप्न दशौँ हजार मानिस डोल्पा, रुकुम र मुगुका उच्च पहाडी भेगमा जाने गर्छन् । उनीहरुसँग जोखिम व्यवस्थापन र आपतकालिन उध्दारको कुनै प्रवन्ध हुँदैन । केही सुरक्षाकर्मी सँगसँगै हिँडे पनि दुर्घटना हुँदा आपतकालिन उध्दारको कुनै उपाय देखिँदैन । यार्सा जुम्ला, डोल्पा, मुगु, रुकुम, जाजरकोट, दार्चुला, हुम्ला, मनाङ, मुस्ताङ जिल्लाका बासिन्दाको मुख्य आय स्रोत मानिन्छ ।

नेपालमा प्रत्येक वर्ष झन्डै पाँच अर्ब रुपैयाँको कारोबार हुने यार्सागुम्बाबाट सरकारले दुई करोड रुपैयाँजति राजस्व सङ्कलन गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ ।

रोचक कथा यार्सागुम्बाको 

यार्चागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको शब्द हो । तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ ।  जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’को अर्थ घाँस र ‘कुन्भु’को अर्थ हिउँदे किरा अर्थात वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ ।

यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्चागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र किडाजडी भनिन्छ । कर्णाली अञ्चलको जुम्ला र हुम्लाका भोटेहरूले यसलाई यार्साकिमु भन्छन् ।

किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्चागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ ।

हुन पनि यो कहिल्यै मर्दैन भनिन्छ । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ । बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । यार्चागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रूपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।

कहाँ कति छ 

विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्चागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रूपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखुराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ ।

खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनियाँ औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ ।

हाल यार्चागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ । नेपालको हिमाली भेगमा पाइने यार्सागुम्वा प्रकृतिको अनुपम उपहार मान्छि ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार