मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

देशलाई समृद्ध बनाउन स्रष्टाहरुको सक्रियता आवश्यक छ : खनाल

Ujyalosandeshonline 11086+ समाचार ( )
३० असार २०८१, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाललाई सम्पन्न संस्कृती भएको देशमा रुपान्तरण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । 

शनिबार इलाम कलाकार समाज काठमाडौंद्वारा आयोजित इलाम साङ्गीतिक सम्मान कार्यक्रममा उनले सिंगो देशलाईसमृद्ध बनाउने काममा सबै स्रष्टाहरुले सक्रियतापूर्वक योगदान गर्नुपर्ने भन्दै यसमा सबैको साथ आवश्यक भएको बताए । 

उनले भने, ‘इलामको संस्कृतीको विकासलाई अझै अगाडि बढाउनुका लागि सबै स्रष्टाहरुले निरन्तर अगाडि बढ्नुहुन्छ भन्ने विश्वास छ । र एउटा प्रगतिवादी कला, साहित्य र संस्कृतीको विकास गर्ने र सुखी र समृद्ध इलाममा रुपान्तरण गर्ने र सिंगो देशलाई त्यसरी नै समृद्ध बनाउने काममा सबैले सक्रियतापूर्वक योगदान गरौं । देशलाई एउटा सम्पन्न संस्कृती भएको देशमा रुपान्तरण गर्ने काममा हामी सबै लाग्ने छौ भन्ने विश्वास लिएको छु ।’

उनले इलामले धेरै स्रष्टाहरुलाई जन्माएको र धेरै लामो समयदेखि संस्कृती विकासको प्रवाहमा अगाडि बढ्दै आएको पनि बताए । 

यसको साथै, आज सम्मानित भएका सबै स्रष्टाहरुलाई इलामका सम्पूर्ण र आफ्नो तर्फबाट बधाइ पनि दिएका छन् । रमेश बोखिम राईको अध्यक्षतामा भएको कार्यक्रममा दर्जनौं कलाकारहरुले गायन र नृत्य प्रश्तुत गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार