मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

कोटहीमाई गाउँपालिकाको वार्षिक प्रगति : भौतिक पूर्वाधारदेखि सामाजिक सुरक्षासम्म उल्लेख्य उपलब्धि

जैसमोहम्मद खान 73+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विकास निर्माण, सामाजिक सेवा र सुशासनका क्षेत्रमा उत्साहजनक कार्यसम्पादन गरेको छ। पालिकाले तय गरेका कुल ३ सय ७० योजनामध्ये ३ सय ५५ वटा सम्पन्न गर्दै आफ्नो सक्रियता पुष्टि गरेको छ ।

भौतिक पूर्वाधारतर्फ विशेष फड्को मार्दै पालिकाले १४.२ किलोमिटर ग्राभेल सडक, ३.९५ किलोमिटर पीसीसी सडक र २.४५ किलोमिटर नाली निर्माण गरेको छ। साथै, खानेपानी तथा सिँचाइका लागि २ सय २४ थान बोरिङ र २ सय ६० वटा ह्याण्डपम्प जडान गर्नुका साथै ३७ वटा विद्यालय र १७ वटा मठमन्दिरको मर्मत सम्भार सम्पन्न गरेको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि पालिकाको उपस्थिति प्रभावकारी देखिएको छ। १४ वटा सामुदायिक र १३ वटा निजी विद्यालयसहितको शैक्षिक संयन्त्रमार्फत १ सय ५६ शिक्षक–कर्मचारीले सेवा दिइरहेका छन्। स्वास्थ्यतर्फ ४४ हजार ६ सय ३२ जनाले स्वास्थ्य सेवा लिएका छन् भने १० हजार ७ सय ४० जनाले आयुर्वेद उपचार प्राप्त गरेका छन् ।

पालिकाले प्रसूति केन्द्र, गाउँघर क्लिनिक र खोप केन्द्रमार्फत नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याएको छ। यसैगरी, रोजगार सेवा केन्द्रमार्फत ३५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६५ जनालाई वैदेशिक रोजगारसँग सम्बन्धित परामर्श र सहयोग प्रदान गरिएको छ ।

सामाजिक सुरक्षा र लक्षित वर्गको हितमा पालिकाले ३ हजार ९ सय ४७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ भने ३९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्र उपलब्ध गराएको छ। कृषि र पशुपालनलाई प्राथमिकता दिँदै १३ हजार २ सय ७२ किसान परिवारलाई विभिन्न अनुदान र सामग्री वितरण गरिएको छ भने ६ हजार ५ सय ५५ पशुचौपायाको उपचार र खोप व्यवस्थापन गरिएको छ। यसका साथै नापी शाखामार्फत जग्गा विवाद समाधान र सूचना प्रविधि शाखामार्फत सुशासनका कार्यहरूलाई तीव्रता दिइएको छ ।

आर्थिक व्यवस्थापनतर्फ पालिकाले गत आर्थिक वर्षमा ६८ लाख ४० हजार २ सय ४८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कुल स्वीकृत बजेटमध्ये ४१ करोड २५ लाख ३५ हजार ९ सय २१ रुपैयाँ प्राप्त भएकोमा चालु र पुँजीगततर्फ उल्लेख्य खर्च भएको छ ।

वडागत रूपमा बजेट खर्चको अवस्था ८४ देखि ९६ प्रतिशतसम्म रहेको छ, जसले पालिकाको प्रशासनिक दक्षता र पुँजीगत खर्च गर्ने क्षमतालाई स्पष्ट पारेको छ। दुईतले आफ्नै प्रशासनिक भवनबाट ८९ जना कर्मचारीमार्फत सेवा प्रवाह गरिरहेको कोटहीमाईले समग्र विकासको एउटा सकारात्मक खाका प्रस्तुत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार