मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्छ : मन्त्री गुरुङ

Ujyalosandeshonline 11474+ समाचार ( )
१४ भाद्र २०८२, शनिबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालन भैइरहेका सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्ने बताएका छन् । बागमती प्रदेश सम्पर्क कमिटी समृद्ध बागमतीको लागि युवा सहभागिता विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै उनले सर्वौच्च अदालतको निर्देशनात्मक फैसला अनुसार नै सरकारले सामाजिक सञ्जालहरु दर्ता गर्न लागेको बताएका हुन् ।

उनले भने, ‘एउटा अनलाईन मिडियाले मनपरि लेखेको थियो अदालतको बारेमा । जसमा मानहानी मुद्दा पर्यो र त्यसमा मानहानी मुद्दाको फैसलामा अदालतले  नेपालमा सञ्चालन भैइरहेका सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्छ, दर्ता भए मात्रै सञ्चाचलन गर्न दिनुपर्छ भन्ने सर्वौच्च अदालतको निर्देशनात्मक फैसला भएकाले त्यसलाई कार्यान्वयन गर्ने गरि मन्त्रिपरिषद्ले नै निर्णय गरेको छ ।  सरकारले निर्णय गरेर ७ दिनको म्याद दिएका छौँ । ७ दिनभित्र दर्ता गर्न आएनन् भने सबे चिज विस्तारै निष्क्रिय बनाउँदै लैजान्छौं ।’

साथै उनले सूचनाको हक र गोपनियताको हकलाई संरक्षण र सम्वद्धन गर्नको लागि दर्ता गर्न आवश्यक रहेको बताए । उनले सामाजिक सञ्जाल ह्याकिङ गर्न  र अर्काको आईडि चोरेर चलाउन समेत नमिल्ने गरी यी चिजहरुलाई दण्ड र  सजायको प्रावधान राखेर दर्ता गर्ने बताए ।

उनले भने, ‘एउटा व्यक्तिको सारा गोपनियता खोलेर मनपरि सामाजिक सञ्जालमा आइरहेका हुन्छन् । सूचनाको हक र गोपनियताको हकलाई संरक्षण र सम्वद्धन गर्नको लागि अलिकति स्वतन्त्रताको पनि सम्मान गर्दै साइबर बुलिङ गर्न पाईँदैन । साइबर बुलिङ गर्ने कुरा पत्रकारिताको आचारसंहिताभित्र पर्दैन । त्यस्तै ह्याकिङ गर्न अर्काको आईडि चोरेर चलाउन समेत मिल्दैन । यी सबै चिजलाई दण्ड र  सजायको प्रावधान राखेर दर्ता गर्न भनेका हौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार