कांग्रेस संसदीय दलको बैठक बस्दै

Ujyalosandeshonline 11033+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।  

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयताका सबैजसो बैठकमा अवरोध गर्दै आएको छ । सभापति एवम् दलका नेता शेरबहादुर देउवाले मंगलबार सरकारले आगामी आर्थिक वर्षका लागि बजेट पेश पर्ने कार्यसूची रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएका हुन् । 

सहकारी ठगी प्रकरणमा सोमबार राति बसेको सत्ता पक्ष र विपक्षको बैठकमा लगभग सहमति भएको र त्यसबारे समेत आजको संसदीय दलको बैठकले निर्णय लिने नेताहरूले बताएका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार