मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक हो : प्रदेश प्रमुख देवकोटा

Ujyalosandeshonline 12450+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताएका छन् । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । 

‘होलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी भएको शुभकामना सन्देशमा भनिएको छ ।

होलीलाई आपसी सद्भाव, मेलमिलाप, भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रुपमा लिइने उनले सन्देशमा उल्लेख गरेका छन् । पौराणिक मान्यता अनुसार असत्यमाथि सत्यको विजयको रूपमा यो पर्वको महत्व रहेको छ । खराब प्रवृत्तिलाई दहन अर्थात् नाश गरेर हामीले सत्यता र न्यायलाई स्थापित गर्ने सन्देश यो पर्वले दिन्छ । 

चाडपर्वहरू विशिष्ट मौलिक पहिचानका निरन्तरता भएको भन्दै उनले भने, ‘नेपाल सभ्यता र संस्कृतिमा धनी छ, शिष्टता, सद्भाव, मौलिकता र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस् ।’पर्वका नाममा हुने विकृतीको अन्त्य गरी सभ्य र समृद्ध समाज निर्माणमा यो पर्वले टेवा पु¥याउने अभिलाषाका साथ सबैमा फागु पूर्णिमा अर्थात् होलीको शुभकामना व्यक्त गर्दछु’ उनले भनेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार