मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पूर्व सांसद यादवले मर्चवारका किसानलाई कुदालो बाँडे, नहर सफाईमा व्यक्तिगत जेसीभी दिने घोषणा

जैसमोहम्मद खान 73+ समाचार ( )
२८ कार्तिक २०८२, शुक्रबार

मर्चवार । रुपन्देहीको मर्चवार लिफ्ट सिँचाइको ३१औँ वार्षिक साधारण सभामा पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले किसानहरूलाई कुदालो वितरण गर्नुभएको छ । यादवले १ सय ३१ ब्लकका अध्यक्षहरूलाई सिँचाइ सुधारका लागि आफ्नो व्यक्तिगत लगानीमा कुदालो हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले नहर सफाइका लागि आफ्नो व्यक्तिगत जेसीभी निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। जेसीभीको इन्धन खर्च मात्र आयोजनाले बेहोर्ने गरी नहर सफाइलाई प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो। मुख्य नहरबाट विभिन्न ब्लकमा जाने कुलो–नाला सफा गर्न र मर्मतका लागि पनि कुदालो वितरण गरिएको यादवले उल्लेख गर्नुभयो।

नयाँ डिपिआर अनुसार संरचना निर्माणका लागि आवश्यक समन्वय र सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउँदै यादवले आगामी दिनमा पनि किसान र सिँचाइ सुधारमा आफ्नो साथ र सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार