मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा बालबालिका सहित ८६ जनाले सेवा लिएको नगरस्तरीय अपाङ्ग समन्वय समितीको संयोजक समेत रहेकी सिद्धार्थनगरको उपप्रमुख उमा अधिकारीले बताइन् ।

शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो ।

‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधरणले अनुभवी चिक्तिसद्धारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर संचालनले सेवा लिएका नगरवासी लाभान्वित भएका छन् ।’

उनले शिविरको क्रममा शारीरिक रुपमा अशक्त व्यक्तिहरुको स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार दुई जना व्हीलचेयर, तीन जनालाई बैशाखी, एक जनालाई वाकर समेत उपलब्ध गराइएको बताइन् ।

‘शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परिक्षण गर्दा १३ जनाको अपरेशन गर्नुपर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरुको अपरेशन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।’ 

उनका अनुसार उक्त शिविरको परिक्षण मार्फत दुई जना व्यक्तिहरुलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरुको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात नगरपालिका र केन्द्रको साझेदारीमा निःशुल्क उपलब्ध गराइने छ । त्यस्तै १६ जनालाई आवश्यक जुत्ताका लागि पैतलाको नाँप समेत लिइएको छ । 

सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई लक्षित गरिएपनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथीका र अन्य पालिकाका सर्वसाधरणहरुलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।

शिविरमा हात र खुट्टासगँ सम्बन्धित शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरु परिक्षणका लागि बढी आएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार