मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |

‘विपद् व्यवस्थापनको कामका लागि सबै एकै ठाउँमा छौं’

Ujyalosandeshonline 12430+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

काठमाडौं । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विपद् व्यवस्थापनको लागि सरकारी र गैरसरकारी संयन्त्रहरु सबै एकैठाउँमा आएर काम गरिरहेको बताएका छन् । मंगलबार जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको विपद् पूर्वतयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम उनले विपद् व्यवस्थापनको लागि संघीय, सरकार, प्रदेश र स्थानीय सरकारसहित गैरसरकारी संयन्त्रहरुसँग समन्वयन गरेर काम गरिरहेको बताएका हुन् । 

उनले भने, ‘हामीले लामो समयदेखि विभिन्न माध्यमबाट संरचनात्मक व्यवस्था गरेका छौ । त्यो व्यवस्थाको माध्यमबाट हामीले पूर्व तयारीको काम, राहत, उद्दारको कामसँगै पुनस्थापनको काम पनि सरकारले विभिन्न गैरसरकारी क्षेत्रहरुसँग समन्वय गरेर कामहरुलाई अगाडि बढाइरहेको छ । त्यसमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको आ–आफ्नो भूमिका र साझा दायित्वको विषय भएको हुनाले सबै सरकारी होस् या गैरसरकारी संयन्त्र होस् वा नागरिक आफैपनि यसको कम्पोनेटको रुपमा रहन्छ ।’

उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणको काम गरिरहेको बताए । यस्तै, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौंका सबै पालिकाहरुमा स्थलगत निरीक्षण गर्ने योजना रहेको बताए । 

‘हामी अव काठमाडौंका सबै पालिकाहरुमा अनुगमनका लागि जाने योजनामा छौं । अनुगमनमा जिल्ला समन्वय समिति मात्र होइन अन्य सेक्टरका प्रतिनिधिहरुसहित जान्छौ र पालिकाको अवस्था स्थलगत निरीक्षण गरेर बुझ्नेछौं,’उनले भने उनले पालिकाहरुमा निर्माण भएका विपद् स्वयम्सेवकहरुको क्षमता विकासको लागि काम गर्नुपर्ने पनि बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार