प्रतापपुर । कृष्ण जन्माष्टमीको अवसरमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–२, सेमरीस्थित राम जानकी मन्दिरमा भगवान् कृष्णको नयाँ मूर्तिको स्थापना गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नाथु राम क्षेत्रीका अनुसार, नयाँ मूर्ति स्थापनाले स्थानीय भक्त जनहरू लाई पूजाआजामा थप सहजता मिलेको छ ।
कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले यस कार्यले स्थानीय स्तरमा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मूर्ति स्थापनाले समाजमा धार्मिक सहिष्णुता र सांस्कृतिक एकतालाई अझ बलियो बनाउने बताउनुभयो ।
श्रीराम जानकी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय आमा समूह, युवा क्लब, तथा अन्य स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता धार्मिक कार्यले गाउँमा सकारात्मक ऊर्जा प्रवाह गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कार्य गर्ने पत्रकार सितमती ज्यु लाई नमस्कार छ मेरो म रोशन
कार्य अति सुन्दर र प्रतिष्ठाली पत्रकार श्मती