मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

कोहलपुरले जित्यो बाँके जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

Ujyalosandeshonline 11011+ समाचार ( )
२९ माघ २०८०, सोमबार

नेपालगञ्ज । बाँके जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० को उपाधि कोहलपुर नगरपालिकाले जितेको छ । 

कोहलपुरले उपाधि लगातार तेस्रो वर्ष पनि जितेको हो । प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका एक हजार खेलाडीबीच ६ वटा विधाका खेलमा प्रतिस्पर्धा गराइएको थियो ।

३६ स्वर्ण, ९ रजत र ५ कांस्य पदक जित्दै कोहलपुर रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो । दोस्रो भएको राप्तीसोनारी गाउँपालिकाले १३ स्वर्ण, १७ रजत र २० कांस्य पदक प्राप्त गरेको छ ।

तेस्रो स्थानमा नेपालगन्ज उपमहानगरपालिकाले ७ स्वर्ण, ६ रजत र ६ कांस्य पदक प्राप्त गरेको छ । यस्तै बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, १४ रजत र १५ कांस्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र ३ कांस्य पदकसहित पाँचौ स्थानमा खजुरा गाउँपालिका, नरैनापुरले एक स्वर्ण र जानकीले २ रजत पदकमा चित्त बुझाएका छन् ।

उत्कृष्ट खेलाडीमा एथलेटिक्स छात्रतर्फ राप्तीसोनारीका करण नेपाली,  छात्रातर्फ नेपालगन्जका आरुषी भट्टराई, भलिबल छात्रतर्फ कोहलपुरका संगम तारामी मगर र छात्रातर्फ राप्तीसोनारीकी लक्ष्मी चौधरी भए ।

यस्तै कबड्डी छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगन्जका इसरारर अलि साई, तेक्वान्दो छात्रातर्फ कोहलपुरकी दिपशिखा रानाभाट र छात्रतर्फ कोहलपुरकै सुवर्ण सिग्देल उत्कृष्ट हुन सफल भए ।

यस्तै करातेमा छात्रातर्फ बैजनाथकी वविता विक, छात्रतर्फ कोहलपुरका शुभम बूढा तथा उसु छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोकामगर उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार