मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

रोहिणी गाउँपालिकामा ‘पोषणमार्फत् जीवन रुपान्तरण’ परियोजना सञ्चालन

Ujyalosandeshonline 11474+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

भैरहवा ।‘पोषणमार्फत् जीवन रुपान्तरण’ तथा एकीकृत पोषण कार्यक्रम परियोजनाको पालिकास्तरीय परियोजना सल्लाहकार समिति एवं सरोकारवाला बैठक तथा छलफल कार्यक्रम मंगलबार रपन्देहीको रोहिणी गाउँपालिकामा सम्पन्न भएको छ । 

रुपन्देहीका ६ वटा गाउँपालिकामा पोषण सुधार कार्यक्रम अन्र्तगतको परियोजना सञ्चालन भएको छ । बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले सेतो गुराँस बाल विकास सेवा रुपन्देही र हेलेन केलर इन्टरनेशनलको साझेदारीमा ‘पोषणमार्फत् जीवन रुपान्तरण’ परियोजनाको सञ्चालन भएको छ । पहिलो चरणमा १ वर्षका लागि सञ्चालन हुने यो परियोजना रुपन्देहीको रोहिणी, कोटहीमाई, सम्मरीमाई, मायादेवी, मर्चवारी र गैडहवा गाउँपालिकामा सञ्चालन भएको छ ।

६ वटा गाउँपालिकाका ५ वर्षमुनीका २६ हजार ६ सय ७४ जनालाई लक्षित गरी परियोजना सञ्चालन गरिएको हेलेन केलर इन्टरनेशनलका परियोजना संयोजक भरत शर्माले जानकारी दिए । 

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजन, निमित्त प्रमुख प्रशासकीय मधु प्रसाद घिमिरे, स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकाल, रोहिणी गाउँपालिका वडाअध्यक्षहरु, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यसमिति सदस्य ज्योति यादव, कार्यकारी निर्देशक सुमित्रा शर्मा, हेलेन केलर इन्टरनेशनलका परियोजना संयोजक भरत शर्मा, स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागीता रहेको थियो ।

गाउँपालिकाको स्वास्थ्य शाखाकी रेनुका पाण्डेले स्वागत तथा रोहिणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामनेवास प्रसाद चौधरीको सञ्चालनमा भएको कार्यक्रमको उद्देश्यका बारेमा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माले प्रकाश पारेकी थिइन् । कार्यक्रमका क्रियाकलापहरु, बजेट तथा कार्ययोजनाको बारेमा कार्यक्रममा संयोजक मिनु पुनले प्रस्तुतीकरण गरेकी थिइन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ती हरिजन, निमित्त प्रमुख प्रशासकीय अधिकृत मधु प्रसाद घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाल, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यसमिति सदस्य ज्योति यादव, रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, बगाहा स्वास्थ्य चौकी प्रमुख बुद्धि प्रसाद पन्थले लगायतले बोलेका थिए ।

रोहिणी गाउँपालिकामा ‘पोषणमार्फत् जीवन रुपान्तरण’ अन्तर्गत रोहिणी गाउँपालिकामा सन्तोष पन्थी र इला त्रिपाठी खटिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार