मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

ईलाका प्रशासन कार्यालय मझगावाँमा प्रमख नहुँदा सेवाग्राहीलाई सास्ती

Ujyalosandeshonline 11005+ समाचार ( )
१० मंगशिर २०८१, सोमबार

मर्चवार । ईलाका प्रशासन कार्यालय मझगावाँमा कार्यालय प्रमुख नहुँदा उक्त कार्यालय बाट प्रवाह हुने विभिन्न सेवाहरु ठप्प भएको छ । उक्त कार्यालयको कार्यालय प्रमुख शाखा अधिकृत शोभा पाण्डेय सरुवा भइ गएपछि विगत २ महिनादेखि यहाँबाट प्रदान गरिने सेवाहरु प्रभावित भएको हो ।२०८१ असोज १० गते यो कार्यालयबाट पाण्डे कम्पनी रजिष्ट्रारको कार्यालय बुटवलमा सरुवा भएको र अहिलेसम्म नयाँ कार्यालय प्रमुख नआएपछि ईलाका प्रशासन कार्यालय मझगावा कार्यालय प्रमुखबिहीन भएको हो ।

मर्चवारको कोटहीमाई,मर्चवारी र सम्मरीमाई गाउँपालिकाबासीहरुले नागरिकतासहित अन्य विभिन्न सेवाको लागि सास्ती खेपिरहेका छन् । कार्यालयबाट प्रदान गरिने  विभिन्न सेवा बन्द भएपछि यहाँ कार्यरत कम्प्युटर अपरेटर विजय कुमार यादव समेत जिल्ला प्रशासन कार्यालयमा पुगेर सेवा दिइरहेका छन् । 

ईलाका प्रशासन कार्यालय मझगावाँमा हाल १ जना नायब सुब्बा, १ जना कम्प्युटर अपरेटर, राष्ट्रिय परिचयपत्र बनाउने कर्मचारी २ जना र २ जना कार्यालय सहयोगी छन् । कार्यालयमा कार्यरत एक कर्मचारीले भने, ‘बिहान आएर हाजिर गरेर दिन बिताइरहेका छौं । न यहाँ कार्यालय प्रमुख हुनुहुन्छ न त कुनै सेवा प्रदान गरिएको छ । कतैबाट कुनै अभिलेखको जानकारीको पत्र आए मात्र सो विवरण पठाउने र राष्ट्रिय परिचयपत्रको सेवा दिइएको छ । तर, अन्य कुनै पनि सेवा दिइएको छैन ।’

उक्त कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा लिनको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही, भैरहवा धाउनुपर्ने बाध्यता रहेको मर्चवारी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष रामसेवक खरबिन्दले बताए । उनले भने, ‘नागरिकता बनाउन, मधेशी प्रमाणित लगायत विभिन्न सेवाको लागि मर्चवारबासीहरु यतिबेला भैरहवा जानुपर्ने बाध्यता छ । अभिलेखमा जसको कुनै त्रुटी भएको छ भने त्यो कार्य पनि भएको छैन ।’

‘सेवा लिन मर्चवारबाट भैरहवा पुग्नुपर्ने र अधिक समय समेत खर्चिनुपरेको र कुनै कागज प्रमाणमा समस्या भए सो दिन सेवाबाट सेवाग्राही वञ्चित हुने गरेका छन्,’ वडाध्यक्ष खरबिन्दले भने । उक्त कार्यालयमा आवश्यक बजेट वडाबाट दिन तयार रहेको भन्दै छिट्टै कार्यालय प्रमुख व्यवस्थापन गरी सेवालाई निरन्तरता दिन उनले आग्रह गरे ।

मर्चवार क्षेत्रबासीहरुले जिल्ला प्रशासन कार्यालय भैरहवा सेवा लिन जान थालेपछि जिल्ला प्रशासन कार्यालयमा पुगेर काम गरेको कम्पयुटर अपरेटर विजय कुमार यादवले बताए । उनले भने,‘ईलाका प्रशासन कार्यालय मझगावाँबाट कार्यालय प्रमुख गएपछि अत्यावश्यक कामका लागि मर्चवारबासी जिल्ला प्रशासन कार्यालय भैरहवाबाट सेवा लिन जान थालेका छन् । त्यहाँ सेवाग्राहीको चाप बढेपछि सघाउनका लागि जिल्ला प्रशासन कार्यालय भैरहवा आएको छु मेरो सरुवा भएको छैन । मझगावाँमा सेवा सुरु हुनासाथ पुनः सोही कार्यालयमा फर्किनेछु ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ईलाका प्रशासन कार्यालय मझगावाँमा सेवा सुचारु गर्न छिट्टै कार्यालय प्रमुख पठाउने बताए । उनले भने,‘त्यहाँ कार्यालय प्रमुख रुपमा खटी कामकाज सुचारु गर्न गृह मन्त्रालयमा ताकेता गरेको छु । उक्त कार्यालयमा हाजिर हुने दिन निश्चित भएको छैन । तर, छिट्टै कर्मचारी आउने आश्वासन पाएको छु ।’ कुनै अत्यावश्यक कार्य भए जिल्ला प्रशासन कार्यालय भैरहवा बाट सेवा लिन प्रजिअ घिमिरेले आग्रह गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार