मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’

Ujyalosandeshonline 11005+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

सुदूरपश्चिम । “चुनावका बेला आकर्षक नारा दिएर जनतालाई फकाउँछन्, चुनाव जितेपछि वाचा बिर्सन्छन्, यसपालि समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु”, कैलाली निर्वाचन क्षेत्र–५ का मतदाता जागुराम  चौधरीले आसन्न चुनावका बारेमा प्रतिक्रिया दिँदै भन्नुभयो, “खेतीको समयमा मल पाइँदैन, उत्पादित कृषिउपजको उचित मूल्य पाइँदैन, जोसुकैले चुनाव जिते पनि हाम्रो पीडा बुझिदिने कोही छैन ।” 

 सोही वडाका स्थानीय रामदिन चौधरीले तीन दशकदेखि बसेको दुई कट्ठा ऐलानी जग्गाको लालपुर्जा दिलाउनेलाई मत दिने बताउनुभयो । चुनावको समयमा उठाइने विकासका मुद्दा सम्बोधन हुन नसकिरहेको गुनासो यस क्षेत्रका मतदाताको छ । मुद्दा सम्बोधन नहुँदा आसन्न निर्वाचनका प्रत्यासीले हाल उठाइरहेका मुद्दाका बारेमा मतदाता विश्वस्त हुन सकिरहेका छैनन् ।  

चुनावी प्रचार प्रसारको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरु यतिबेला घरदैलोमा पुगेर मतदाताको मन रिझाउन व्यस्त छन् । उम्मेदवारहरुले टोल भेला, कोणसभाजस्ता कार्यक्रम गरिरहेका छन् । चोक, चौतारी, चियापसलजस्ता ठाउँमा भेटघाट हुनेहरुबीच चुनावमा विजय पराजयका बारेमा आआफ्नो अड्कलबाजी गरिरहेका छन् । क्षेत्र–५ का प्रत्यासीहरुले उठाएका चुनावी एजेन्डा लगभग समान देखिन्छन् । फाप्ला क्रिकेट मैदान निर्माण, धनगढी विमानस्थलको स्तरोन्नति, सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, सहिद दशरथचन्द विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्नेलगायतका एजेन्डालाई उम्मेदवारहरुले प्राथमिकता दिएर मत मागिरहेका छन् । 

 यसअघिका निर्वाचनमा पनि यिनै विषय चर्चामा थिए । यीमध्ये सहिद दशरथचन्द विश्वविद्यालय सञ्चालनको प्रक्रियामा आइसकेको छभने फाप्ला क्रिकेट मैदान निर्माणका लागि ‘डिपीआर’ तयार भएर थप काम अघि बढ्न सकेको छैन । यसबाहेक भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी सिर्जना, सूचना प्रविधिको प्रयोग र विस्तार, स्वास्थ्य क्षेत्रको सुधार, युवा स्वरोजगार तथा उद्यमशीलता, कृषि र आर्थिक क्षेत्रको विकासलाई पनि उम्मेदवारहरुले चुनावी मुद्दा बनाएका छन् ।   

धेरै उम्मेदवारले आआफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिसकेका छन् । प्रतिबद्धतापत्रमा उम्मेदवारले मतदातालाई रिझाउने आकर्षक नारा समेटेका छन् । कतिपय उम्मेदवारले आफ्नो पक्षमा मत तान्न अर्को समुदायका व्यक्तिसँग मितेरी साइनो गाँस्नेसम्मका काम भएका छन् । मत माग्नका लागि मिठाईका डब्बासहित घरघरमा पुग्ने उम्मेदवारको चुनाव जित्ने रणनीति अनौँठो देखिएको छ । क्षेत्र नं ५ का मतदाता माया भट्टले भन्नुभयो, “चुनावको बेला हारगुहार गर्नेहरु चुनाव जितेपछि फर्किँदैनन्, अहिले हारगुहार गरेर फकाउने प्रयास गरिए पनि सुझबुझपूर्ण रुपमा परिपक्व र सही उम्मेदवारलाई मत दिने तयारीमा मतदाता देखिन्छन् ।” 

अर्का मतदाता केशव पाठकले यसपालिको निर्वाचन गत विगतका भन्दा फरक परिस्थितिमा भइरहेकाले मतदाताले सोचविचार गरेर मतदान गर्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय सञ्चार माध्यममा आइरहेका चुनावी विश्लेषणसम्बन्धी समाचार र सामाजिक सञ्जालमा आइरहेका सूचना वास्तविकताभन्दा फरक देखिन्छन्, मतदाता धेरै सचेत भइसकेका छन् ।” प्रत्यासीहरुले सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको प्रयोग गरेर मतदाता रिझाउने आसयका सामग्रीको प्रयोग बढाइरहेका छन् । 

यस क्षेत्रमा नेपाली काँग्रेसका नरनारायण शाह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही उम्मेदवार छन् । त्यसैगरी जनमत पार्टीका धनबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टी नेपालका जगन्नाथ चौधरी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का बजरङ्गबहादुर सिंह, राष्ट्रिय जनमोर्चाका शोभमणि जोशी, आमजनता पार्टीका देवसिंह विष्ट, नेपाल मजदुर किसान पार्टीका तृष्ण पुनमगर, मितेरी पार्टी नेपालका राधिकाकुमारी कार्की, स्वतन्त्र प्यारेलाल राना र ईश्वरी विष्ट उम्मेदवार छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार