मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अर्घाखाँचीको शितगंगामा भोलिदेखि चौथो व्यापार महोत्सव सुरु हुँदै

अनिल नेपाली 141+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा भोलि (पुस ९ गते) देखि 'चौथो शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव' सुरु हुने भएको छ। शीतगंगा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको यस महोत्सवबारे संघका अध्यक्ष लक्ष्मण पन्थीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो।

शितगंगालाई व्यावसायिक र पर्यटकीय हिसाबले देश–विदेशमा चिनाउनुका साथै स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष पन्थीले बताउनुभयो। महोत्सवमा स्थानीय उत्पादन र प्रतिभालाई विशेष प्राथमिकता दिइने आयोजकको भनाइ छ।

महोत्सवको आकर्षणका रूपमा ठाडा डम्वरू दहमा स्टिमर डुङ्गा सञ्चालन गरिने प्रबन्ध निर्देशक सुशील केसीले जानकारी दिनुभयो। पुस २१ गतेसम्म चल्ने यस महोत्सवमा करिब २० हजार दर्शकले अवलोकन गर्ने र यसबाट स्थानीय उत्पादनको खपत बढ्ने अपेक्षा गरिएको छ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। संस्थाका संस्थापक अध्यक्ष चिन्ताराज अधिकारीले महोत्सव ऐतिहासिक र रचनात्मक हुने विश्वास व्यक्त गर्नुभयो भने पत्रकार महासंघका अध्यक्ष गणेश खनालले स्थानीय प्रतिभा र उत्पादनलाई विशेष महत्त्व दिन आग्रह गर्नुभएको छ। महोत्सवमा उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार