मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

गोरखापत्रकर्मी विश्वकर्मा पुरस्कृत

Ujyalosandeshonline 12433+ समाचार ( )
७ अशोज २०८१, सोमबार

गुल्मी । गोरखापत्रकर्मी एवम् क्रियाशील पत्रकार रमेश विश्वकर्मालाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गुल्मी समाचारदाता विश्वकर्मालाई प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडैलको समुपस्थितिमा गोरखापत्रकर्मी विश्वकर्मासहित पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रही योगदान पुर्‍याउनु भएका अन्य अग्रज तथा वरिष्ठ पत्रकारहरुलाई सम्मानसंगै पुरस्कृत गरिएको छ । उहाँलाई प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको हो । 

झन्डै एक दशकदेखि गुल्मीमा रहेर क्रियाशील विश्वकर्मा जिल्लाको पश्चिमी ग्रामीण क्षेत्र अग्लुङ्गबाट उच्च शिक्षाका लागि सदरमुकाम तम्घास प्रवेश गरेदेखि नै पत्रकारितामा रुचि राख्दै आउनुभएको थियो । कैयन अप्ठ्याराहरुका बीच पनि अध्ययनप्रतिको लगावले उहाँले रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासबाट मानविकीतर्फ अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । 

पाल्पाबाट प्रकाशित हुने नवजनचेतना दैनिकबाट २०७४ सालदेखि पत्रकारिता सुरु गर्नुभएका विश्वकर्माले संवाददाताका रुपमा बुटवलबाट प्रकाशित हुने दैनिक पत्र, हाम्रा कुरा डटकम (अनलाइन), हिमालय टाइम्स (पत्रिका) लगायतका विभिन्न मिडियामा काम गर्नुभएको थियो । पत्रकारितालाई तथ्यपरक बनाउन मानव अधिकार र पत्रकारिता, सूचनाको चलखेल र लोकतन्त्र, सार्वजनिक वित्त व्यवस्थापन लगायतका पत्रकारिता क्षेत्रका विभिन्न तालिम लिनुभएको छ । 

पत्रकारिताको माध्यमबाट गुल्मीमा सुशासन कायम गर्न सहयोग गर्नुका साथै सरकारका राम्रा कामहरुको सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्दै आउनुभएको छ । उहाँले जातीय भेदभाव विरुद्ध पत्रकारितामार्फत समाज रुपान्तरणका लागि समाचार सम्प्रेषणसंगै विपन्न, असहाय र अशक्त नागरिकको जीवनस्तरका लागि समाचार सम्प्रेषण गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार