मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पैदल यात्रीको सुरक्षार्थ ‘एसएलसी’ अभियान

रासस 692+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले पैदलयात्रीको सुरक्षाका लागि जिल्लामा ‘स्टप, लुक एण्ड क्रस’ अर्थात एसएलसी अभियान सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि पैदल यात्रीले बाटो पार गर्दा कसरी सुरक्षित तरिकाले पार गर्ने विषयमा सचेतना बढाउने उद्देश्यले समुदायसँग मिलेर सो कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक नविन कार्कीले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा पछिल्लो समय बढ्दो क्रममा रहेको सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न र दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न कार्यालयको ‘सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०८२’ अन्तर्गत यस अभियान सुरु गरिएको हो ।

सडक पार गर्नुअघि रोकिने, दायाँबायाँ हेर्ने र बल्ल पार गर्नुपर्छ भनेर सचेतना अभिवद्धि गरिनु यसको प्रमुख उद्देश्य रहेको बताइएको छ । प्रहरीले यो कार्यक्रम अहिले पोखराको जिरोकिमीदेखि हेम्जाको राजमार्ग खण्डमा सञ्चालन गरिरहेको छ । जिरो–हेम्जा सडक खण्डमा पैदल यात्रुले बाटो काट्दा बढी दुर्घटना हुने गरेको कारण यस क्षेत्रलाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पैदल यात्रीलाई सुरक्षित तरिकाले बाटो पार गर्न सिकाइयो भने क्षति न्यूनीकरण हुन्छ भन्ने मान्यताले यो अभियान चलाएका हौँ । सवारी दुर्घटना बढी हुने स्थानमा यस्ता कार्यक्रम गर्नेछौँ ।” जिल्लामा हुने दुर्घटनाका कारण हुने मृत्युको ४० प्रतिशत पैदल यात्रीको रहेको र त्योमध्ये पनि जिरोदेखि हेम्जा सडक खण्डमा मात्र ५० प्रतिशत पैदल यात्रीको दुर्घटनाबाट मृत्यु भएको प्रहरीको भनाइ छ । यस अभियानमा जिल्ला ट्राफिक कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्र, विद्यालयहरुको प्रत्यक्ष सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार