मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

४ सयभन्दा बढी विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रदान

दान बहादुर बुढा 45+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रहेका चार वटा माध्यामिक विद्यालयको चार सय भन्दा बढी विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । आयुर्वेद स्वास्थ्यबारे विद्यार्थीलाई सानै उमेर देखि जानकारी गराउने, योगको सैद्धान्तिक तथा प्रयोगात्मक सीप सिकाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्र मुगुको आयोजनामा अध्यानरत विद्यार्थी, शिक्षक, शिक्षिका कर्मचारीलाई विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले जनाएको छ । मुगुमा धेरै प्रकारका बहुमूल्य जडिबुटी पाइने भएपनि स्थानीयलाई सामान्य जानकारी समेत नभएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताए । 

उनले भने, ‘मुगुमा धेरै प्रकारका बहुमूल्य जडिबुटी पाइन्छ तर यसको सामान्य जानकारी पनि छैन । हाम्रो जीवनशैलीमा दैनिक प्रयोगमा आउने र सहजरुपमा वनपाखा र घरको भान्सामा प्रयोग हुने जडिबुटीबाट मानिसमा हुने फाइदाको बारेका मुगु जिल्ला छाँयानाथ रारा नगरपालिकाभित्र रहेका प्रकाश मा.वि लुम, हिमोदय माध्यामिक विद्यालय बाम, कर्णाली माध्यामिक विद्यालय टोप्ला, बुद्ध मावि माग्रीमा कक्षा ७, ८, ९ र १० का विद्यार्थी, शिक्षक कर्मचारीहरुलाई आयुर्वेदसँगै स्वस्थ जीवनशैलीका विभिन्न आयामहरूबारे जानकारी गराउने काम गरेका छौ ।’

उनले विद्यार्थीलाई आयुर्वेद स्वास्थ्यबारे जानकारी गराउनुका साथै स्वास्थ्य जीवनशैली तथा नसर्ने रोग न्यूनीकरण बारेमा जानकारी गराउने उदेश्यले विद्यालयमै पुगेर प्रयोगात्मक अभ्यास गराइएको समेत बताएका छन् । अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएको कर्णाली माविका प्रधानाध्यापक चन्द्र प्रकाश बढुवालले बताए । उनले विद्यालयलमा अध्यनरत विद्यार्र्थीहरुलाई योग तथा आयुर्वेद शिक्षा दिदा घरपरिवारमा समेत सकरात्मक प्रभाव पर्ने बताए ।

उनले भने, ‘अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नसर्ने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएपछि कर्णाली माध्यामिक विद्यालय टोप्लाले त्यस बारेमा विद्यालय उमेर समूहकै बालबालिकाहरूलाई जानकारी प्रदान गरेर स्वस्थ जीवनशैली अपनाउन उनीहरूलाई प्रेरित गरेको छ । विद्यालयमा विद्यार्थीहरुले सिकेर घरमा घरपरिवारलाई पनि शिक्षा दिन सक्छन् । त्यसैले हामीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग सहकार्य गरी विद्यालयलमा विद्यार्थीहरुलाई योग तथा आयुर्वेद शिक्षा दिने कार्यक्रम गरिएको छ ।’ 

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रमले मानव स्वास्थ्यमा ठूलो टेवा मिल्ने शिक्षक सुर बहादुर बुढाले बताउछन् । विद्यालयमा अध्यनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई योगबाट मानिसलाई हुने विभिन्न नियमित व्यायम, योगले शरिरका विभिन्न अंग र मानव जीवनमा हुने फाईदाहरुको बारेमा योगका व्यायम गर्ने तरिका प्रत्यक्षय रुपमा सिकाउनुका साथै मानिसको दैनिक खानपिन र बानि व्यवहारको बारेमा योगगुरु जय बहादुर मल्लले प्रशिक्षण समेत गराएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार