मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

गण्डकीमाथि कर्णालीको लगातार दोस्रो जित

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ अशोज २०८१, मङ्गलबार

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विजले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा भएको खेलमा कर्णालीले गण्डकी थन्डर्समाथि ३–२ को जित हात पार्न सफल भएको हो । पहिलो सेट गण्डकीले २५–१५ ले सहज रूपमा जितेको थियो ।

दोस्रो सेटमा कर्णाली खेलमा फर्कियो। कर्णालीले दोस्रो सेट २५–२२ ले जित्यो । तेस्रो सेटमा पनि कर्णाली २५–१७ ले अघि रहेको थियो । तर चौथो सेट भने गण्डकीले जित्यो । सो सेटमा गण्डकी २५–१९ ले रहदा खेल २–२ को बराबरीमा आयो ।

निर्णायक पाँचौ सेटमा कर्णाली १५–११ ले अघि रहदै खेल जित्न सफल भयो। यसअघि कर्णालीले सोमबार भएको पहिलो खेलमा मधेश युनाइटेडमाथि ३–१ को जित निकालेको थियो । 

गण्डकीको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा गण्डकीले चितवन शक्तिले ३–१ ले पराजित गरेको थियो । सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल असोज १९ गते हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार