मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


सिद्धार्थनगरमा एडीवीको तेस्रो योजना लागू, नगरपालिका र निमार्ण व्यवसायीबीच सम्झौता

Ujyalosandeshonline 11474+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

भैरहवा– एशियाली विकास बैंक (एडीवी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा संचालन हुन लागेको युआरएलआईपी योजना अन्तर्गतका विभिन्न सहरी सडक निमार्णका लागि नगरपालिका र निमार्ण व्यवसायीबीच सझौता भएको छ ।

एक अर्ब अठार करोडको लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निमार्ण कम्पनी ईकेके इन्फास्ट्रक्चर लिमिडेट भारतबीच सम्झौता भएको हो । सम्झौता पश्चात् कार्यादेश पाएको ९ सय दिन भित्र निमार्ण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्नेछ । यो योजना अन्तर्गत नाला, फुटपाथ, सेफ्टी रेलिङ्ग, खानेपाली, बिजुली, स्टेटलाइट, सडक कालोपत्रे, आरसीसी ढलान तथा नगर सुन्दरीकरण लगायतका काम हुने नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

उनले यो योजनालाई नगरको गौरवको आयोजनाको रुपमा लिइएको र समयमै सम्पन्न गर्नका लागि निमार्ण कम्पनीलाई आग्रह समेत गरे । एडीवीको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ प्रतिशत नगरपालिकाको आन्तरिक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यसअघि एडीवीका आईयुडीपी र आरयुडीपीका योजना सफलतापूर्वक सम्पन्न गरे पश्चात् नगरपालिकाले यो तेस्रो चरणको योजना सुरु गरेको हो । अघिल्ला दुई योजनाको उत्कृष्ट ब्यबस्थापन गरे वापत नगरपालिका पुरस्कृत समेत भएको थियो । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पालिकाको अथक प्रयासले गर्दा अन्य पालिकामा भन्दा यहाँ ठेक्का प्रक्रिया छिटो भएर योजना लागुहुने चरणमा पुगेको उल्लेख गरिन् ।

निमार्णको क्रममा पनि नगरपालिकाले पूर्ण रुपमा सहजीकरण गर्ने बताइन् । एडीवीको ऋण लगानीमा हुने युआरएलआईपी योजना रुपन्देहीका सिद्धार्थनगर .सहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि आएको छ । तर, ति पालिकाहरुमा यो योजना अहिले अध्ययनकै क्रममा छ । भने, सिद्धार्थनगरमा ठेक्का सम्झौतासम्मको चरणमा आएको हो ।

यो योजना अन्तर्गत बिभिन्न २७ वटा सडकतर्फ साढे २३ किलोमिटर बढी लम्वाइका सडक निमार्ण हुने छ । सडकतर्फ खासगरी सुगरमिल, सुकुनी पथदेखि डण्डा कोरिडोर जाने सडक, भिमकाली पथ, दुर्गा कोलिनीका भित्री सडकहरु निमार्ण हुनेछन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौता पश्चात एक दुई महिना भित्रमा नै यो योजना कार्यान्वयनको चरणमा जाने बताए ।

उनले यो योजना पुरा हुँदा नगरको विकास धेरै अगाडि बढ्ने बताए । धेरै मिहनत गरेर नगरको रणनीतिक योजनालाई समयमै सुरु गर्न सफल भएको समेत उनले बताए । निमार्ण कम्पनी ईकेके इन्फास्ट्रक्चर लिमिडेटका प्रतिनिधि विक्रम गौतमले नगरको गौरवको योजनालाई आफूहरुले समयमै पुरा गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार